» » राजपा महाधिवेशनको टुगों छैन, तर गठन भयो महाधिवेशन मुल आयोजक समिति गठन

काठमाडौ चैत २८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टी अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको संयोजकत्वमा राजपा नेपाल महाधिवेशन मुल आयोजक समिति गठन गरेको छ ।

महाधिवेशन कहिले हुने नहुने टुगों छैन तर आज सम्पन्न अध्यक्षमण्डलको बैठकले महाधिवेशन सम्पन्न गराउनका लागि संयोजक बनाएको छ । राजपा नेपालले बैशाख ७, ८ र ९ गते महाधिवेशन तय गरेको थियो तर तयारी नपुगेको भन्दै अर्को मिति तोक्ने निर्णय गरेको छ ।

बैशाख ८ गते पदाधिकारी समितिको बैठकले महाधिवेशनको मिति तोक्ने भनि अध्यक्षमण्डलको बैठकले निर्णय गरेको छ । छजना अध्यक्षमण्डल रहेको राजपा नेपालमा पार्टीमा आआफ्नो पकड कसरी हुन्छ त्यही दावमा महाधिवेशनको समय गुजारेको आरोप लाग्ने गरेको छ । अगामी महाधिवेशनपछि पार्टीको अध्यक्ष को बन्ने लडाईमा नै महाधिवेशन गराउन नसकेको आरोप नेताहरुले लगाउन थालेका छन् ।

२०७४ बैशाख ७ गते पार्टी एकीकरण भएपछि एक वर्षभित्र महाधिवेशन गराउने विधानमै व्यवस्था गर्यो तर आपसी खिचातानी र गुटबन्दीका कारण महाधिवेशन गराउन सकेन । त्यसपछि विधान संशोधन गरी दुइ वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्यो ।

त्यही अनुसार बैशाखका लागि मिति तय गरेको थियो । तर, अध्यक्षम मण्डलका सदस्यहरुले आफूलाई सुरक्षित नदेखेपछि महाधिवेशनको मिति गुजारेको आरोप लाग्न थालेको छ ।

अध्यक्ष मण्डल राख्ने कि नराख्ने पार्टी अझै स्पष्ट भएको छैन । महाधिवशेनपछि पनि अध्यक्षमण्डल रहने कि नरहने स्पष्ट नभएपछि पार्टी सञ्चालन प्रकृयामा अस्पष्ट भएपछि महाधिवेशनमा ढिलासुस्ती भएको नेताहरुले आरोप लगाएका छन् । अध्यक्ष प्रणालीबाट पार्टी सञ्चालन भएपछि को अध्यक्ष हुनेमा पनि भित्रभित्रै प्रतिस्पर्धा रहेको छ । एकातिर राजेन्द्र महतो पार्टी कब्जा गर्ने गरि तयारीमा लाग्नु भएको छ । पार्टीभित्र आफ्ना सम्पूर्ण संयन्त्रण त्यसका लागि लगाई सकेका छन् ।

उता महन्थ ठाकुर पनि अध्यक्ष बन्नका लागि तयारीमा लागेका छन् । स्रोत भन्छन्, राजेन्द्र महतोले जस्तोसुकै चलखेल गरेपनि राजपा नेपालको नेतृत्व महन्थ ठाकुरलाई नै जान्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..