» » राज्यमन्त्रीको हाथी सवारी (फोटो फिचर)

काठमाडौ चैत २४ गते । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डल पर्सा राष्ट्रिय निकुञ्जको अध्ययन भ्रमण गर्नुभएको छ ।

उहाँले त्यसलाई चितवन राष्ट्रिय निकुञ्ज सरह पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भन्नुभएको छ । उहाँले भन्नुभयो, त्यहाँ माउन्टेन भ्यु पनि भएकोले झन रोमान्चक हुने नै भयो ।’

जंगल सफारी गरी जंगलभित्रको रोमाञ्चि दृश्यहरु हेर्न सकिने पनि उहाँले बताउनुभयो ।

उहाँले जंगल सफारी (हाथी सफारी) सवारी गरि दुर्लभ वन्यजन्तु अवलोकन गर्नुभयो । कामिनी दहपनि उतिकै ऐतिहासिक महत्वको छ जसमा प्रदेश सरकारले बजेट बिनियोजन पनि गरेको छ ।

पर्यटकीय आकर्षणको रुपमा रहेको बन्यजन्तु, हिमाल र धार्मिक पर्यटन क्षेत्र मध्ये दुईवटा यस प्रदेशमा बिद्यमान छन ।
यसलाई संरक्षण र ब्यबस्थापनको खाँचो छ । प्रदेश समृद्धिको ३ प्राथमिकता मध्ये पर्यटन पनि एक हो उहाँले भन्नुभएको छ ।






About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..