» » फोरम नेकपामा समायोजन


काठमाडौ वैशाख १७ गते । अमर यादव नेतृत्वको मधेश तराई फोरम र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरण भएको छ ।

आज विहान प्रचण्ड निवासमा एक कार्यक्रमको आयोजना गरि एकीकरणको घोषणा गरिएको हो ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट अलग भइ मधेश तराई फोरम गठन गर्नुभएका अमर यादवले संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न नेकपा पार्टी रोजेको बताउनुभयो ।


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सविधानलाई आत्मसाथ गर्दै सविधानमा देखिएका केही असन्तुष्टिलाई अगामी दिनमा सरकार एवं संसदको माध्यमबाट सम्बोधन हुने कुरा प्रति विश्वास गर्र्दै नेकपामा समायोजन भएको उहाँले बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..