» » पार्टी दर्ताका लागि सिके राउतले दिनुभयो निवेदन


काठमाडौ वैशाख १५ गते । स्वतन्त्र मधेशको माग छाडेर जनमत पार्टी गठन गर्नुभएका सिके राउतले पार्टी दार्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिनु भएको छ ।

पार्टीका अध्यक्ष सिके राउत रहनु भएको छ । अध्यक्ष राउतसहित ३५ जना केन्द्रीय सदस्य रहेको दल दर्ताका लागि निवेदन दिएको जनमत पार्टीका केन्द्रीय सदस्य चन्द्रन सिंहले बताउनुभयो ।

जनमत पार्टीको ३५ सदस्यीय केन्द्रिय सदस्यमध्ये ३३ प्रतिशत महिला रहने गरि ११ जना रहेका छन । दलित ६, मुस्लिम ४ जना रहेका छन् ।

आन्दोलनको क्रममा पक्राउ परेका सिके राउत केही दिन जेलमा रहेका कारण उहाँले डराएर स्वतन्त्र मधेशको माग छाडि सरकार समक्ष आत्मसम्र्पण गरेको आरोप लाग्दै आएको छ । जेलमा हुँदा उहाँले नै सरकारसँग वार्ताका लागि पहल शुरु गर्नुभएको थियो ।

 गृहमन्त्रालयसँग ११ बुँदे सम्झौता गरेर मुलधारको राजनीतिकमा आउनु भएका सिके राउत अन्तराष्ट्रिय शक्तिको इशारामा चलिरहेको आरोप पनि लाग्दै आएको छ ।


मुलधारको राजनीतिमा आएका सिके राउत संघीय सरकारको बचाउँ गर्दै प्रदेश २ का सरकार तथा पार्टीप्रति बढी आक्रमक देखिनु भएको छ ।

सो पार्टीले चुनाव चिन्ह अष्टदल प्रस्ताव गरेको छ, भने रातो र हरियाको बीचमा सेतो रंग भित्र अष्टदल राखिएको चारकुने झण्डा रहेको छ । यद्यपि, चुनाव चिन्ह पछि मात्र दिने आयोगले भनेको नेता सिंहले बताउनुभयो ।

आयोगबाट पार्टीको मन्यता प्राप्त गरिसकेपछि पदाधिकारी चयन गर्ने र त्यसपछि मात्र महाधिवेशनको बारेमा मिति तोक्ने उहाँले बताउनुभयो ।

केन्द्रीय कार्यसमिति

1. डा.सी.के.राउत - - अध्यक्ष
२. अनिता कुमारी मण्डल - दलित/महिला - सदस्य
३. अब्दुल खान - - सदस्य
४. आशा कुमारी मेहता - महिला - सदस्य
५. इरफान अहमद शेख - - सदस्य
६. ईन्द्रजीत कुमार यादव - - सदस्य
७. करुणा कुमारी पैकरा - महिला - सदस्य
८. कैलाश महतो - - सदस्य
९. कोशिला देवी महतो - महिला - सदस्य
१०. गिता पासवान - दलित/महिला - सदस्य
११. चन्दन कुमार सिंह - - सदस्य
१२. जुलेखा खातून - महिला - सदस्य
१३. दिनेश प्रसाद यादव - - सदस्य
१४. दिपक कुमार साह - - सदस्य
१५. ध्रुव प्रसाद कहार - दलित - सदस्य
१६. नरेन्द्र प्रसाव चौधरी (कुर्मी) - - सदस्य
१७. नरेश प्रसाद कुशवाहा - - सदस्य
१८. परमेश्वर मुर्मु - - सदस्य
१९. बबिता ईशर - महिला - सदस्य
२०. बसन्त कुमार कुशवाहा - - सदस्य
२१. बिरेन्द्र साह सोनार - - सदस्य
२२. भोपेन्द्र प्रसाद यादव - - सदस्य
२३. मञ्जर कुमारी भगत थरुनी - महिला - सदस्य
२४. महेन्द्र प्रसाद थारु चौधरी - - सदस्य
२५. राज कुमार यादव - - सदस्य
२६. राधा कुमारी यादव - महिला - सदस्य
२७. रामकली देवी मण्डल - दलित/महिला - सदस्य
२८. सतिला कुमारी यादव - महिला - सदस्य
२९. सत्य नारायण खङ्ग खत्वे - दलित - सदस्य
३०. सन्जय कुमार साह - - सदस्य
३१. सन्जय कुमार यादव - - सदस्य
३२. सिताराम पण्डित - - सदस्य
३३. सुरेन्द्र प्रसाद शर्मा - - सदस्य
३४. हकिकुल्लाह मुसलमान - - सदस्य
३५. राजमती पासवान - दलित/महिला - सदस्य

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..