काठमाडौ वैशाख ८ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आइतवारदेखि शुरु भएको पदाधिकारी बैठक एकजना गाउँपालिका अध्यक्षको निधनका कारण स्थगित भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा शुरु भएको पदाधिकारी समितिको बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एजेण्डा प्रस्तुत गरेर शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गर्नुभएको पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । महोत्तरी पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको उपचारको क्रममा आइतवार निधन भएको हो ।
पार्टीको एकता महधिवेशनको मिति तोक्ने र त्यसको तयारीको बारेमा छलफल गर्न बैठक बोलाएको थियो । त्यसका साथै संघीय समाजवादी फोरम नेपालसँग एकीकरणको विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुनुको साथै स्थानीय तथा प्रदेश सरकारको बारेमा पनि छलफल हुने एजेण्डा तय भएको प्रवक्ता झाले बताउनुभयो ।
सोमवारदेखि बैठक पुनः नियमित हुनेछ ।
८, ९ र १० गते तीन दिनसम्म चल्ने बैठकबाट महाधिवेशनको मिति तय गर्नुको साथै पार्टी एकीकरणको बारेमा स्पष्ट धारणा आउने बताइएको छ ।
वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको महाधिवेशन मिति तय गरेको थियो । तर, तयारी नपुगेको भन्दै महाधिवेशन स्थगित गरेको थियो । विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ ।
यसअघि बसेको अधयक्षमण्डलको बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले विशेष अधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो तर उहाँको प्रस्ताव सर्वसम्मतिले पास नभएपछि सो त्यसलाई छलफलका लागि पदाधिकारी बैठकमा पठाएको छ ।

No comments: