» » प्रदीप यादव चौथोपटक जिल्ला अध्यक्ष


पर्सा बैशाख २ गते । संघीय समाजवादी फोरम नेपालको पर्सा जिल्लाको अध्यक्षमा प्रदीप यादव चौथो पटक निर्वाचित हुनुभएको छ ।

पर्सा १ बाट प्रतिनिधिसभा चुनाव समेत जित्नु भएका प्रदीप यादवको प्रतिध्वन्दी अब्दुल रही अन्सारी हुनुहुन्थ्यो । आज सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट अन्सारीलाई हराएर उहाँ अध्यक्षमा विजय हुनुभएको हो ।  अन्सारी प्रदेशसभा सदस्य हुनुहुन्छ ।

बन्दसत्रमा अध्यक्ष पदका लागि यादव र अन्सारीबीच सहमति नजुटेपछि मतदान गरिएको थियो।

फोरम नेपाल पर्साको जिल्ला समन्वय समिति ४६ सदस्यीय रहनेछ। बाँकी पदाधिकारी र सदस्य तीन दिन पछि बस्ने समितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष यादवले जानकारी दिए।

कुल ४६ मतमध्ये ४० मत यादवको पक्षमा र चार मत मात्रै अन्सारीको पक्षमा खसेको थियो । बाँकी दुई मत बदर भएको निर्वाचन समितिका अध्यक्ष नवलकिशोर यादवले बताउनुभयो ।

 कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका जिल्ला, महानगर,नगर, गाउँपालीका, वडा, युवा, विधार्थी लगाएत १४ वटै स्थानीय तहबाट पार्टीका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । ४६ जना प्रतिनिधि मध्ये २ वटा मत बदर भएको थियो । प्रत्येक गाउपालिका र नगरपालीकाबाट तीनजना र महानगरपालीकाबाट ७ जना गरी ४६ वटा प्रतिनिधि रहनु भएको थियो ।

फोरम नेपालमा रहेका सम्पूर्ण जिल्ला अध्यक्षभन्दा उहाँको कार्यकाल सफल रहेको पार्टीभित्र पनि चर्चा हुने गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहगरि चुनावमा सबभन्दा उम्मेदवार जिताउन सफल प्रदीप यादव पर्सा जिल्लाका चर्चित नेताको रुपमा मानिन्छ । वाइडबडी काण्डलाई जोडतोडले उठाएर चर्चामा आउनु भएका प्रदीप यादव संसदमा पनि आफूलाई अब्बल तरिकाले उठाउनुहुन्छ ।
उहाँले नै संसदमा सविधानसभाको कुरा उठाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदा सविधान संशोधनलाई फेसनको रुपमा नलिन सुझाव दिनुएको थियो ।

अध्यक्षमा निर्वाीचत भइसकेपछि सम्बोधन गर्दै सांसद यादवले पार्टीभित्र कुनै प्रकारको मनमुटाव नरहेको प्रस्ट पार्नुभयो । पार्टीलाई एकढिक्का बनाएर लैजान सबैसँग सहकार्य एवम् सहमतीको आधारमा अगाडी बढने विश्वास व्यक्त गर्नुभयो ।

संगठन निर्माणका क्रममा अहिले देशैभरि संघीय समाजवादी फोरम नेपालप्रति जनताको विश्वास बढ्दै गएकोले पार्टी भित्र कुनै गुटउपगुटमा नलाग्न नेता तथा कार्यकर्तामा आग्रह गर्नुभयो । विभिन्न राजनितीकदलसँग एकता प्रक्रियाका लागि सहमती भइरहेको बताउदै सांसद यादवले संघिय समाजवादी फोरम नेपाल छिटै देशकै तेस्रो पार्टी हुने दावी गर्नुभयो ।

कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी,सिंहासन कलवार,जन्नत अंसारी,करिमा बेगम,भिमा यादव,वीरगंज महानगरपालीकाका मेयर विजय कुमार सरावगी,केन्द्रिय सदस्य शशिकपुर मिया,सिपु तिवारी,लक्ष्मीकान्त तिवारी,विरेन्द्र यादव,जनार्दन यादव,फिरोज मंसुर,मिनी सिंह,शिवजी सोनी,नवल किशोर यादव,विजय यादव,विन्दवासीनी गाउपालीका अध्यक्ष श्रीलालसाह मोदी,पकाहामैनपुर गाउपालीका अध्यक्ष विजय चौरसीया,सखुवाप्रसौनी गाउपालीका अध्यक्ष प्रदिप जैशवाल,पोखरीया नगरपालीकाकी उप मेयर सलमा खातुन,पकाहामैनपुर गाउपालीकाकी उपमेयर कुसुमी देवी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..