» » राज्यमन्त्री मण्डलले दिनुभयो पिडित परिवारलाई एकमहिनाको तलब


काठमाडौ चैत २० गते । गत आइतबार राती बारामा आएको हावाहुरीबाट भएका पीडितलाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वतावरण राज्यमन्त्री सुरेश मण्डलले आफ्नो एक महिनाको तलब दिने घोषणा गर्नुभएको छ ।
मंगलवार साँझ घोषणा गर्नुभएको मण्डलले सो रकम प्रदेश २ का मुख्यमन्त्री राहतकोष मार्फत पिडितलाई दिइने बताइएको छ । राजपा नेपालका सहमहामन्त्री समेत रहनु भएका मण्डल बारामा घटना भएको भोलीपल्ट घटनास्थलमा गएर पीडितहरुको बारेमा जानकारी दिनुभएको थियो ।

हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ। हालसम्म २७ जना भन्दा बढीको मृत्यु भइसकेको छ भने ५०० सयम भन्दा बढी घाइते भएका छन् । यतिबेला हावाहुरी प्रभावित क्षेत्रमा सरकार तथा गैरसरकारी संघ संस्थाले राहत वितरण तथा उपचारका काम गरिरहेका छन् ।

प्रदेश सरकारले मृतक परिवारलाई तीन तीन लाख रुपियाँ दिने घोषणा गरेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..