» » जनकपुरमा लाग्यो चिनियाँ गो ब्याकको नारा’

काठमाडौ चैत २४ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा त्यहाँका स्थानीय युवाले ‘चाइना गो ब्याक’ को नारा लगाएका छन् ।

प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको विरुद्धमा यूवाहरुले यस्तो नारा लगाएका हुन् । जनकपुरको भानु चोकबाट युवाहरुले  ‘चाइना गो ब्याक’ लेखेको प्लेकार्ड बोकेर शिव चोकसम्म प्रदर्शन गरेका थिए ।


चीनबाट गाई ल्याउन प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश २ सरकारले चिनियाँ पक्षसँग सहमति गरेको भन्दै उनीहरुले त्यसको विरोधमा नारावाजी गरेका हुन् ।

 चिनियाँ गाई आएमा नेपाली किसान मर्कामा पर्ने भन्दै युवाहरुले त्यसको विरोध गरेको प्रदर्शनकारी किशोर कुमार यादवले बताए ।

उहाँले किसानले गाई पालन गरि आफ्नो व्यवसाय शुरु गरेको छ, त्यस अवस्थामा चिनियाँ गाई लिएर किसानलाई मर्कामा पार्ने काम भइरहेको बताउनुभयो ।


 उहाँले सो सम्झौता खारेज नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिनु भएको छ । सरकारले चिनियाँ पक्षसँग गाई ल्याउने विषयमा गरेको सहमतिको बारेमा धेरै ठाउँमा यसको विरोध भएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..