» » राजपा नेपालले दियो मृतक परिवारलाई क्रिया खर्च

काठमाडौ चैत २० गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बारा–पर्साको हावाहुरीबाट निधन भएका परिवारलाई काजक्रियाका लागि ११ हजार रुपियाँ उपलब्ध गराएको छ ।

राजपा नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज प्रत्येक मृतक परिवारको घरमे गएर सो रकम हस्तान्तरण गर्नुभएको उहाँका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिनुभयो ।

सो हावाहुरीबाट २८ जनाको ज्यान गएको छ । आज १९ जना मृतक परिवारलाई भेटेर उहाँले रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम वितरण गर्ने क्रममा पार्टीका सांसद एकवाल मियाँ, नेता नवलकिशोर सिंह, राजपा नेपालका क्षेत्रीय अध्यक्ष सीताराम गुप्ता, जयप्रकाश दास, लोहा यादव, मदन साह लगायत पनि हुनुहुन्थयो ।

साथै आजै मन्त्री सोनलले मन्त्रालयको तर्फबाट पीडित घरपरिवारलाई हाते पाइप पनि हस्तान्तरण गर्नुभयो ।

प्रदेश संसदीय दलका नेता समेत रहनु भएका मन्त्री सोनल चैत १७ गतेदेखि लगातार पीडितहरुको राहत, उद्धार तथा उपचारमा खटिरहनु भएको छ । घटना भएको ठाउँ सोनलको निर्वाचन क्षेत्र पनि हो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..