» » फोरम नेपाल प्रदेश २ अध्यक्ष यादव विजय

काठमाडौं वैशाख १७ गते । संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ ।

हिजो अवेर राति सम्पन्न अधिवेशनबाट यादव प्रदेश अध्यक्षमा चयन हुनुभएको छ । भएपछि अवेर सम्पन्न  स्वागत गरिएको छ ।

फोरमको केन्द्रिय कोषाध्यक्ष र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका यादव १ सय ८४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी रेणु यादवले १ सय ४७ मत ल्याउनु भएको हो ।

रेणु यादव केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पनि हुनुहुन्छ। अध्यक्षका लागि साँसद अशोक यादबले पनि उम्मेदवारी दिनु भएका थियो ।
प्रदेश समितिको निर्वाचनमा ४ सय ५ जना मतदाता थिए ।

नयाँ विधान अनुसार प्रदेशको ५१ सदस्यीय समिति मध्ये ४१ जनाका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिका अनुसार २ सय जनाले प्रदेश सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको थियो । 

 अध्यक्ष र सदस्यको निर्वाचन भएपछि समितिले गर्ने समेतबाट तीन जना उपाध्यक्ष , एकजना महासचिव, एक जना सचिव र एक जना कोषाध्यक्षसहितका १० पदाधिकारी मनोनित गरिनेछ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..