» » पूर्व सांसद साह अस्पतालमा बच्चा छाडेकै हो त ?

काठमाडौ चेैत २६ गते । पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । 

उनले मेडिसिटी अस्पताल र त्यहाँका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेकी हुन् ।


उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरेको छ ।



साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन् ।

 ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन,’ साहको प्रसूतिमा संलग्न डा. निरासिंह श्रेष्ठले भनिन्, ‘उहाँलाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गर्छौं ।’


साहको पहिलो सन्तानसमेत आफ्नै चिकित्सकीय निगरानीमा काठमाडौं मेडिकल कलेज अस्पतालमा जन्मिएको डा. साहले बताइन् । 

दोस्रो भ्रूणको गर्भपात भएपछि तेस्रो गर्भधारण भएको ३ महिना कटाएर चौथो महिनामा आफूसँग जचाउन साह आएको उनले दाबी गरिन् ।

 विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सामान्य रूपमा डाउन सिन्ड्रोमको स्क्रिनिङ नगराइने उनले दाबी गरिन् ।


पूर्वसांसद साहले डा. श्रेष्ठको क्लिनिकमा पहिले जचाउने गरेकी थिइन् । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले शिशुमा डाउन सिन्ड्रोम हुनमा अस्पतालको कुनै दोष नभएको दाबी गरे । 

यसबारे बुझ्न खोज्दा पूर्वसांसद साह र उनका श्रीमान् राजेश साहसँग सम्पक हुन सकेन ।


डाउन सिन्ड्रोम एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष रीता पियाका अनुसार विदेशतिर १ हजारमा एउटा बच्चा डाउन सिन्ड्रोम भएको जन्मिन्छन् । हामीकहाँ भने ८ सयमा १ जना डाउन सिन्ड्रोम भएको बच्चा जन्मने गरेको छ । धेरै उमेर भएका आमा वा जोखिम भएकाहरूले गर्भावस्थाको पहिलोदेखि ३ महिनाभित्र डाउन सिन्ड्रोमको विभिन्न परीक्षण गराए पहिचान गर्न सकिने उनले बताइन् । डाउन सिन्ड्रोम भएको बच्चा जन्मिहाले त्यसको उपचार प्रक्रियातर्फ जानुपर्ने जनाउँदै पियाले भनिन्, ‘बच्चैदेखि स्याहार गर्‍यो भने पढ्न सक्छ, कुनै एउटा क्षेत्रमा अगाडि बढ्न सक्छ ।’


डाउन सिन्ड्रोम एक आनुवांशिक विकार हो । यो मानसिक र शारीरिक लक्षणको एऊटा समूह हो, जुन एक अतिरिक्त त्रोमोजोमको उपस्थितिले हुन्छ । 

सामान्यतया गर्भावस्थामा शिशुले आमाबाट २३ र बुबाबाट २३ गरी जम्मा ४६ वटा क्रोमोजोम प्राप्त गर्छ । डाउन सिन्ड्रोम भएको बच्चामा एउटा क्रोमोजोम बढी हुन्छ ।


डाउन सिन्ड्रोम भएकामा केही शारीरिक र मानसिक विशेषता हुन्छन् । यसको लक्षण हलुकादेखि लिएर गम्भीरसम्म हुन सक्छन् । 

सामान्यतया सबै उमेरका महिलाद्वारा डाउन सिन्ड्रोम भएको बच्चा जन्मिन सक्छ तर महिलाको आयुमा वृद्घि भएपछि यस्तो बच्चा हुने सम्भावना बढ्छ ।


डाउन सिन्ड्रोम भएकाहरूमा जन्मदेखि नै मुटुको रोग हुन सक्छ । उनीहरूलाई सुनाइ, आन्द्रा, आँखा, थाइराइड तथा हाडमा समस्या हुन सक्छ । यसको उपचार गर्न सकिँदैन । 

यो रोगमाबौद्घिक विकलांगताको स्तर परिवर्तित हुन्छ । यो सामान्यतया न्यूनतमबाट मध्यम हुन्छ ।
 -कान्तिपुर 

गायत्री साहका बुबा एवं पूर्व सभासद हरिचरण साह भन्नु हुन्छ, गायत्री साहले बच्चालाई छाडेर भागेको होइन, बच्चा उपचारमा छ नियमित दूध खुुवाउन र हेरचाहका लागि जाँदै गरेकि छिन् ।"

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..