» » बारा घटनाका प्रत्येक मृतक परिवारलाई प्रदेश सरकार ३-३ लाख रुपियाँ दिने

जनकपुर चेैत १८ गते । प्रदेश २ सरकारले बारामा हावाहुरीले भएको घटनामा परि मृत्युु भएको प्रत्येक परिवारलाई ३ लाख रुपियाँ दिने निर्णय गरेको छ ।
आज विहान बसेको मन्त्रीपरिषद् आक्समिक बैठकले त्यस्तो निर्णय गरेको हो ।
साथै घाइतेलाई सम्पूर्ण उपचार प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी गराउनु भयो ।

हावाहुरीले घरको पनि क्षति भएको छ । त्यसको पुननिर्माणका लागि तीन सदस्यीय एक अध्ययन कार्यदल बनेको छ ।

त्यस कार्यदलको संयोजकमा अान्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव रहनु भएको छ भने सदस्यमा समाजिक विकास मन्त्री नवलकिशोर साह र वन मन्त्री रामनरेश राय यादव रहनु भएको छ ।

प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री घटनास्थलका लागि प्रस्थान गर्नु भएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..