» » हावाहुरीको घटनाको बारेमा मन्त्रीपरिषद्ले गर्यो यस्तो निर्णय

आज साँझ बसेेेेको मन्त्रीपरिषद्को बैठकले बारा-पर्सामा हावाहुरीका कारण भएको घटना बारे यस्तो निर्णय गरेको छ । 
१. ज्यान गुमाउनेहरू प्रति श्रद्धासुृमन अर्पण, शोकसन्तप्त परिवारप्रति समवेदना। घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
२. घटना लगत्तै उद्धार कार्यमा खटिने सम्पूर्ण सुरक्षा निकाय, स्थानीय जनसमुदाय, राजनीतिक दल, सामाजिक संघसंस्था, जनप्रतिनिधि, निजी क्षेत्र, चिकित्सक सक्रिय भएको पाइयो। उनीहरू सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।
३. घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था सरकारले मिलाउने र उपचारमा कुनै कमीकमजोरी हुन नदिने निर्णाय गरिएको छ।
४. घाइते भई अपाङ तथा अशक्त हुनेहरु र मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरिएको छ।
५. प्रभावित क्षेत्रमा कुनैपनि प्रकारको रोग फैलिन नदिन औषधी उपकरण सहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्त परिचालन गर्ने निर्णय गरिएको छ।
६. विपद प्रभावित क्षेत्रमा विद्युत, खानेपानी, सञ्चार, खाद्यान्न लगायतका सेवाहरु सुचारु बनाउने निर्णय गरिएको छ।
७. हुण्डरी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन सम्पूर्ण निकायले पूर्ण सतर्कता अपनाउने निर्णय गरिएको छ।
८. यी सबै कुराहरुको समन्वय गर्न गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ।
९. विपतबाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गरी यसको मूल्याङ्कन र तथ्य विवरण सहितको यथार्थ स्थिति प्रष्ट भइसकेपछि पुनस्र्थापना तथा पुनर्निर्माण लगायत आवस्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय पनि गरिएको छ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..