» » भारतीय दुतावासले पठाए बारा-पर्साको लागि २०० टेन्ट, अरु सहयोग गर्न तयार

काठमाडौ चेैत १९ गते । बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षतिमा सहयोग गर्न तयार रहेको भारत सरकारले जनाएको छ ।
भारतीय दुतावासले आज २०० वटा टेन्ट पठाएको छ । अरु आवश्यक सहयोग गर्न तयारीमा लागेको दुतावासले जनाएको छ ।


मंगलबार विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै घटनामा भएको क्षतिमा गहिरो दुख व्यक्त गरेको हो । 

आफन्त गुमाउने तथा घाइतेहरुलाई सम्बोधन गर्दै विदेश मन्त्रालयले समवेदना साथै धैर्यधारणा गर्ने क्षमताको लागि प्रार्थना गरेको उल्लेख छ ।

उक्त घटनाका पीडितलाई राहतको खाँचो परेको खण्डमा भारत सरकार सहयोगका लागि तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

यसका लागि काठमाडौंस्थित राजदूतावास र वीरगन्जस्थित महावाणिज्य दूतावास सम्बन्धित अधिकारीहरुसँग सम्पर्कमा रहेको बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..