» » बर्थ डे मा खर्च हुने रकम हुवाहुरी पीडितलाई

काठमाडौं चैच २० गते । आराध्या सुमनले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने जति रकम बारा–पर्सामा आएको हावाहुरीका  पीडितलाई दिने भएकी छिन् ।  १० वर्षीया आराध्याको जन्मदिन आज रहेको छ ।


जन्मदिनमा हुने सम्पूर्ण खर्चको रकम प्रदेश २ को मुख्यमन्त्री राहत कोषमा आफ्नै नामबाट जम्मा गर्ने आराध्याका बुवा मनिष सुमनले बताउनुभयो । मनिष सुमन राजपा नेपालका महासचिव तथा प्रदेश सांसद हुनुहुन्छ ।

आराध्याको जन्म दिनको उपलक्ष्यमा १९–२० हजार खर्च हुन्छ । त्यो रकममा थप गरेर २१ हजार रुपियाँ आज जम्मा गर्ने सुमनले बताउनुभयो । आराध्याले नै यसपटक बर्थ डे नमनाउने, देशमा यस्तो घटना भएको छ, यस अवस्थामा कसरी बर्थ डे मनाउनु बरु त्यसमा खर्च हुन रकम पीडित परिवारलाई सहयोग गरौ भनि भनेपछि जन्मदिनको दिन कोषको खातामा रकम जम्मा गर्ने सुमनले बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..