» » पीएको रकम पनि झ्वाम्म

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आफ्नै स्वकीय सचिवको फर्जि हस्ताक्षर गरेर पैसा निकासा गरेको खुलासा भएको छ । त्यो खुलासा अरु कोही होइन, उहाँको साथमा वर्षौदेखि काम गर्नुभएका राजेश चौधरी रहनु भएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहनु भएका अध्यक्षमण्डल सदस्य महतोले आफ्नो स्वकीय सचिवमा राजेश चौधरीलाई राख्नु भएको थियो । राजेश चौधरी शुरुदेखि नै नेपाल सद्भावना पार्टीको कार्यालय सचिवमा कार्यरत हुनुहुन्थ्यो । पछि महतोले सद्भावना पार्टी गठनभएपछि त्यहाँ काम गर्न थाल्नुभयो ।


पछि सद्भावना पार्टीले अन्य पार्टीसँग मिलेर राजपा नेपाल गठन गरेपछि पनि चौधरी महतोको समूहमा रहेर सो पार्टी कार्यालयमा पनि तलबी कर्मचारीको रुपमा काम गरिरहनु भएको थियो । राजेश चौधरी राजेन्द्र महतोको स्वीकीय सचिव मात्र होइन, महतोका श्रीमती शैल महतोको पनि स्वीकीय सचिवमा हुनुहुन्थ्यो । शैल महतो दोस्रो सविधानसभामा सभासद् हुँदा राजेश चौधरी उहाँका स्वीकीय थिए, त्यो बेला पनि राजेशले तलब बुझिरहेका थिएन ।

हस्ताक्षर गरेपछि त्यो रकम शैल महतोले नै बुझ्नुहुन्थ्यो । राजेन्द्र महतोको पनि त्यस्तै भइरहेको थियो पछि राजेश चौधरी राजपा नेपालको जागिरबाट निकालिएपछि राजेन्द्र महतोले राजेशलाई जानकारी नै नदिइकन फर्जि हस्ताक्षर गरेर रकम निकासा गर्नुभएको थियो ।


२०७४ फागुनदेखि महतोको स्वकीय सचिवमा नियुक्त हुनु भएका राजेश चौधरी आफ्नो संसद सचिवालयमा जाँदा राजेन्द्र महतोले फर्जि हस्ताक्षर गरेर सबै रकम आफ्नो खातामा राख्नुभएको चौधरीले आरोप लगाउनुभयो ।

 पहिला सांसदको तलब भत्तासँगै स्वीकीय सचिवको रकम सांसदको खातामा जान्थ्यो । स्वीकीय सचिवको रकम सांसदको खातामा गएपनि रकम बुझिलिएको भनि भर्पाइमा संसद सचिवालयमा गएर स्वकीय सचिवहरुले हस्ताक्षर गर्नुपर्ने थियो ।

स्वीकीय सचिवको रकम महिनै महिना गएपनि रकम बुझिलिएको भर्पाइमा एक आर्थिक वर्षमा एकपटक मात्र गर्नुपथ्र्यो ।


स्वकीयको तलब पनि बैंकमा नै पठाउने नीति बनाएपछि राजेशले राजेन्द्र महतो कहाँ हस्ताक्षरका लागि राजेशलाई फर्जि गरेको आशंका लागेको थियो । उहाँ भन्नुभयो, म स्वीकीय सचिवमा नियुक्त भएसम्म कहिले हस्ताक्षर गरेको थिइनन्, हस्ताक्षर गर्न जाँदा राजेन्द्र महतोले फागुनदेखि असारसम्म मेरो फर्जि हस्ताक्षर गरिसक्नु भएको थियो ।’ सचिवालयले साउनदेखि मंसिरसम्म हस्ताक्षर गर्न बाँकी रहेको भन्दै भर्पाईमा हस्ताक्षर गर्न दिँदा आफूले नगरेको चौधरीले बताउनुभयो ।


सांसद महतोले आफूलाई स्वीकीय सचिवमा नियुक्त गर्नुभयो तर पछि आफूलाई हटाएको कुरा जानकारी पनि दिएको गुनासो गर्नुभयो । यदि आफूलाई संसदीय सचिवालयले आफूलाई फोन नगरेको भए आफ्नो हस्ताक्षर फर्जि भइरहेको कुरा थाह पनि हुँदैन्थ्यो भन्दै उहाँले यस्ता ठूला नेताले यस्तो फर्जि काम गर्नुहुन्छ भनि विश्वास नलागेको बताउनुभयो ।


पार्टी कार्यालयमा काम गर्दा तलब लिइरहेको कारण स्वकीय सचिवको तलबमा आफूले दावी नगरेको तर सांसद महतोले आफ्नो फर्जि हस्ताक्षर गरेकोमा चित्त दुखेको चौधरीले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..