» » प्रधानमन्त्रीमाथि भर परेपछि आजिवन कैद

कैलाली जिल्ला अन्दालतले फागुन २२ गते रेशम चौधरी लगायत ११ जनालाई जन्मकैदको फैसला गरेको छ । कैलालीको टिकापुरमा ८ जनाको ज्यान जाने गरि भएको घटनामा राज्यले राजपा नेपालका नेता समेत रहेका रेशम चौधरीलाई मुख्य आरोपी ठहर्याएको थियो । भारत प्रवासमा बस्दै आएका रेशम चौधरी प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति थिए ।

भारतमा लुकी लुकी हिड्दै गरेका रेशम चौधरीलाई पार्टीको सल्लाहमा नै कैलाली जिल्ला अदालतमा हाजिर हुन लगाएको थियो । हाजिर हुन जाँदा पुर्पक्षका लागि थुनामा राखिएको रेशम चौधरीलाई अहिले जन्मकैदको फैसला सुनाएपछि सबै आश्चर्यमा परेको छ ।

जब कि थुनामै रहेका बेला सरकारले प्रतिनिधिसभा सदस्यका लागि शपथग्रहण गराएको थियो । उहाँ फरार रहनु भएकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जित्नु भएको थियो । चुनाव जितेपनि निर्वाचन आयोगले उहाँलाई प्रमाणपत्र दिएको थिएन । शपथ पनि खुवाएको थिएन ।

थुनामा रहेका रेशम चौधरीको रिहाय र थुनामुक्त गर्न राजपा नेपालले दवाव दिएपछि सरकारले पुस १९ गते सपथग्रहण बाध्य भएको थियो । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एकबालक सहित आठजनाको निधन भएको थियो ।

सो घटनामा मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उहाँ फरार हुनुहुन्थ्यो । फरारकै क्रममा रहेको बेला तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७३ भदौ ३१ गते दिल्लीको ताज होटेलमा भेटेका थिए । त्यसपछि चौधरीलाई नेपाल फर्काएर मुद्दा फिर्ता लिन लगाउने योजना शुरु भएको थियो ।


चौधरीमाथि लागेको मुद्दा फिर्ता लिन अध्यक्ष प्रचण्डले मात्र नसक्ने भएपछि उनले तत्कालिन एमालेका अध्यक्ष ओलीसँग कुरा गर्नुभएको थियो । तर अ‍ोली त्यसमा सहमत हुनुहुन्थेन । २०७४ मंसिर प्रतिनिधिसभाको चुनाव सम्पन्न भएपछि दुई तिहाई बहुमत भएको सरकारको नेतृत्व गर्ने भएपछि मात्र ओली राजपा नेपालको माग रेशम चौधरीप्रति सकारात्मक हुनुभएको थियो ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री भएका ओलीले फोरम र राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रयास शुरु गर्नुभएको थियो । 


प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत हासिल गरे । राजपा नेपालले विश्वासको मत दिने भएपछि रेशम चौधरी फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित हुनुभएको थियो । जिल्ला आदलतमा उपस्थित भएका उनलाई पूर्पक्षका लागि थुनामा राखेपछि राजपा नेपालका अध्यक्षमण्डलका तत्कालिन संयोजक महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीलाई फागुन १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा गएर भेट्नु भएको थियो ।


अदालतमा हाजिर भएपछि रेशम चौधरीलाई केही हुँदैन, उहाँको मुद्दा फिर्ता हुन्छ भन्नुभएको थियो तर तपाईको सरकारले उहाँलाई थुनेर राख्यो त भनि ठाकुरले प्रधानमन्त्री ओलीलाई भन्नुभएको थियो । त्यसपछि अ‍ोलीले उहाँ थुना भएपनि उसलाई बाहिर ल्याउने आफ्नो जिम्मा र त्यसका लागि सरकारमा र पार्टीमा वतावरण बनाउन केही समय दिन माग गर्नुभएका राजपा नेपाल स्रोतले जनाएको छ ।


यी दुईजनामा यस्तो वार्ता भएपछि रेशम चौधरीले त्यसको भोलीपल्ट अर्थात २०७४ फागुन २० गतेदेखि जेलमै अनसन शुरु गरेका थिए । अनसन बसेको भोलीपल्ट अर्थात २०७४ फागनु २१ गते प्रधानमन्त्री ओलीले राजपा नेपालका नेताहरुलाई बालुवाटारमा बोलाएर लामो छलफल गर्नुभएको थियो । त्यहाँ पनि प्रधानमन्त्री अ‍ोलीले रेशम चौधरीलाई शपथग्रहण गराउने र मुद्दा फिर्ता लिने जिम्मा आफ्नो भएको त्यसमा राजपा नेपालका नेताहरुलाई कुनै चिन्ता नलिन आग्रह गर्नुभएको थियो ।

 प्रधानमन्त्री ओलीले रेशम चौधरीको बारेमा गृहमन्त्री रामबहादुर थापा र केही अधिवक्ताहरुसँग छलफल पनि गर्नुभएको थियो । 


राजपा नेपालका नेताहरुले गृहमन्त्री रामबहादुर थापालाई फागुन २६ गते उहाँकै मन्त्रालयमा गएर भेट्नु भएको थियो । गृहमन्त्री थापाले पनि रेशम चौधरीको मुद्दा फिर्ता हुनेमा विश्वास दिलाएको त्यो बैठकमा सहभागी राजपा नेपालका महासचिव केशव झाले बताउनुभयो । मुद्दा फिर्ता लिने लगायतका विषयमा कानुन प्रकृयाहरु के के छन् त्यसको बारेमा सल्लाह गरेर अगाडि बढ्ने गृहमन्त्री थापाले त्यसबेला आश्वासन दिनु भएको झाले बताउनुभयो ।


गृहमन्त्री थापाले त्यो दिन मुद्दा फिर्ता हुने आश्वासन मात्र दिएनन्, कैलालीको जेलमा अनसन बसेका रेशम चौधरीलाई त्यही दिन काठमाडौ ल्याउन निर्देशन पनि दिनुभएको थियो र साँझ पाँच बजे बुद्धएयरबाट काठमाडौ ल्याएर वीर अस्पतालमा भर्ना गरिएको थियो । गृहमन्त्री थापालाई भेटेको र रेशम चौधरी हवाई जहाजबाट काठमाडौ आइसकेको भोलीपल्ट अर्थात २०७४ फागनु २७ गते राजपा नेपालले पनि प्रधानमन्त्री अ‍ोलीलाई विश्वासको मत दियो ।

 रेशम चौधरीको रिहाय, मुद्दा फिर्ता र शपथको वतावरण बन्दै गएको सन्देश दिनका लागि प्रधानमन्त्री ओलीलाई समर्थन गरेकै दिन राजपा नेपालअध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुगेका थिए ।


त्यहाँ रेशम चौधरीलाई उहाँले सरकारसँग भइरहेको वार्ताको बारेमा जानकारी दिएका थिए । चाँडै रिहाय हुने आश्वासन पनि दिएको थियो तर चौधरीलाई जन्जीरमा बाँधेर उपचार गरिरहेको विषय राजपा नेपालका नेताहरुलाई असहय भयो ।

भोलीपल्ट अर्थात २०७४ फागनु २८ गते राजपा नेपालका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो रेशम चौधरीलाई भेट्न अस्पताल पुगेका थिए । त्यहाँ अनसनरत चौधरीको अवस्था देखेर महन्थ ठाकुरले त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गर्नुभएको थियो ।

राजनीतिक बन्दीलाई व्यवहार गर्ने यो कस्तो तरिका हो, विरामी व्यक्तिलाई यसरी जन्जिरमा बाँधेर उपचार गरिन्छ त यस्तो संवेदनशिल सरकार हो भनि प्रधानमन्त्री ओलीप्रति कड्किएपछि प्रधानमन्त्री ओलीले तत्कालै सो जन्जिर खोल्न लगाउनु भएको थियो ।


महन्थ ठाकुर र राजेन्द्र महतो चैत १ पनि रेशम चौधरीलाई भेट्न वीर अस्पताल पुग्नु भएको थियो । रेशम चौधरीको अवस्था विग्रिदै गइरहेको थियो ।

उहाँ आमरण अनसनमा भएको कारणले उहाँको स्वास्थ्य बिग्रिदै गइरहेको थियो । यी दुई नेता त्यहाँ गएपछि रेशम चौधरीले भन्नुभएको थियो, यही दुख दिनका लागि मलाई अदालतमा आत्मसम्र्पण गर्न लगाउनु भएको थियो । बरु म भगौडा नै ठिक थिए ।’ उहाँका श्रीमतीले पनि रुँदै महन्थ ठाकुर र राजेन्द्र महतोको आलोचना गर्नुभएको थियो ।

त्यसपछि महन्थ ठाकुरले रेशम चौधरीलाई चित्त बुझाउनका लागि त्यहीबाट प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए । ‘तपाईले गर्नुभएको प्रतिवद्धता कहिले पुरा हुन्छ, एक दुई दिनमा केही भएन भने हामी सरकारको विरुद्धमा जान बाध्य हुन्छौ, महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भन्नुभएको थियो । 
त्यसको भोलीपल्ट अर्थात २०७४ चैत २ गते गृहमन्त्री थापा वीर अस्पताल पुगेर रेशम चौधरीलाई जुश खुवाएर १८ दिनदेखि बसेको अनसन तोडाएका थिए ।

 र, थापाले त्यहाँ तीन दिनभित्र शपथग्रहण गराउने प्रतिवद्धता पनि जनाएका थिए । तबसम्म चौधरीको स्वास्थ्यमा पनि सुधार आउनेछ उहाँले भन्नुभएको थियो । ठीक तीन दिनपछि अर्थात चैत ४ गते राजपा नेपालका अध्यक्षमण्डलका सदस्यले सभामुख कृष्णबहादुर महरालाई फोन गर्न रेशम चौधरीलाई सपथ ग्रहण गराउन भन्नुभएको थियो । तर, महराले प्रधानमन्त्री अ‍ोलीले आफूलाई भनेपछि शपथग्रहण गराई दिने जवाफ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, म शपथग्रहण गराउन तयार छु, तर प्रधानमन्त्रीज्युबाट यसको निर्देशन हुनुपर्यो ।’

त्यसपछि राजपा नेपालको दवाव सोझियो प्रधानमन्त्री ओलीतिर । प्रधानमन्त्री ओलीका भारत भ्रमण र एमाले–माओवादी एकताका लागि व्यस्त भएका कारण राजपा नेपालसँग छलफल भइरहेको थिएन । त्यही बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पनि भयो । त्यही भएर राजपा नेपालले पनि यो विषयमा खासै दवाव बढाउन सकिरहेको थिएन । जेठ ३ गते पार्टी एकता पनि घोषणा भयो । त्यसको लगतै राजपा नेपालले जेठ ८ गते प्रधानमन्त्री ओलीलाई रेशम चौधरीको रिहाय तथा अगामी वजेटको बारेमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझायो ।

त्यसपछि राजपा नेपालले पटक पटक प्रधानमन्त्रलाई भेटेर ज्ञापनपत्र बुझाउँदै रेशम चौधरीलाई रिहायका लागि दवाव दिन शुरु गरेको थियो । सोही दवावका कारण त्यसरी दवाव परेपछि पुस १९ गते शपथग्रहण भयो तर रिहाय भएन । रिहायका लागि राजपा नेपालले अवाज उठाउन थाल्यो । त्यसपछि प्रधानमन्त्री अ‍ोलीले राजपा नेपालका नेतासँग भेटघाट नै बन्द गर्दिनुभयो ।

 रेशम चौधरीको सपथपछि प्रधानमन्त्री अ‍ोलीसँग राजपा नेपालका नेताहरुले भेट्नका लागि समय माग्नुभयो तर उहाँले समय उपलब्ध गराउनु भएन । अन्ततः कैलाली जिल्ला अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनायो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..