» » ६५ लाखको कारोबार गर्दै सक्यो पुष्प मेला

काठमाडौं चैत १० गते  . राजधानीको भृकुटीमन्डपमा जारी २२ औं पुष्प मेलामा ६५ लाखको कारोबार पुष्प जन्य वस्तुको  कारोबार गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म चलेको मेलाका कुल ५७ हजारले अवलोकन गरेको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जानकारी गराएको छ ।

‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराकासाथ आइतबार सकिएको मेलामा ४५० प्रजातिका पुष्प प्रदर्शन गरिएका थिए । मेलाको अन्तिम दिन २१ हजार अवलोकनकर्ता र २१ लाखको कारोबार भएको फ्यानका महासचिव विश्वमणी पोख्रेलले बताउनु भयो । मेलाको दोस्रो दिन सनिबार भएकाले सबैभन्दा बढी अवलोकनकर्ता र कारोबार भएको उहाँको भनाइ छ ।

मेलामा ४० रुपैयादेखि ३० हजार रुपैयासम्म पर्ने फुल अवलोकन तथा विक्रीका  लागि राखिएको थियो । पहिलो दिन सुक्रबार १६ लाखको कारोबार भएकोमा दोस्रो दिन २५ लाख बराबरको कारोबार भएको थियो । सुक्रबार १२ हजार ५ सय जनाले अवलोकन गरेकोमा सनिबार २३ हजार ५ सयले अवलोकन गरेक थिए ।

मेला अवधिभर  आइतबारसम्म ५० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा ६० लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान रहेकोमा अनुमान भन्दा ७ लाख बढी अवलोकनकर्ता र ५ लाख बढीको कारोबार भएको मेला संयोजक तथा उपाध्यक्ष शिव बहादुर खड्काले बताउनु भयो ।

मेलाको अन्तिम दिन नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेरा ले अवलोकन गर्नु भएको थियो । मेलाको पहिलो र दोस्रो दिन हर्टिकल्चर सोसाइटीका अध्यक्ष इन्ज राज पान्डे, प्रेदश  ३ का सभासद प्रकाश  श्रेष्ठ, काठमाडौं महानगरपालिकाका वातावरण प्रमुख हरि कुमार श्रेष्ठ लगाएतका सरकारी तथा गैर सरकारी क्षेत्रका उच्च पदस्य व्यक्तिहरुले समेत मेलाको अवलोकन गर्नु भएको थियो ।

 विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म अवलोकनको व्यवस्था गरिएको मेलामा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, आधुनिक खेती प्रबिधी र जैबिक विषादीका प्रदर्शनी तथा विक्री कक्ष थिए । 


मेलामा राखिएका सिंचाइका नयाँ प्रविधि, सजावटका समाग्री, फुलका बीउका स्टल र सजावटका स्टलहरुमा अवलोककर्ताको बढी घुइचो  लाग्ने गरेको थियो । पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रबद्र्धन, बिस्तार, नयाँ प्रबिधी अनुसन्धानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले आयोजना गरिएको मेलाले उद्देश्य अनुसार उपलब्धी भइरहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । यस २२ औं फ्लोरा एक्स्पोमा जम्मा ८४ वटा स्टल छन् ।

जसमध्ये अफिसिल स्टलका लागि १०, प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्डस्केपिङ्गका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ६५ स्टल छन् । मेला अवलोकनकर्ताको सुविधाका लागि फुडस्टल २ वटा छुट्टयाईएको छ । मेलामा करिव आउदो  ४५० जातका  फुलको अवलोकन तथा  खरिद विक्री गर्ने व्यवस्था मिलाइएको छ ।


नेपाली पुष्प व्यवसाय आ.ब. २०७३÷७४ सम्म आई पुग्दा हाल ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसाय बिस्तार भईसकेको छ । करिव १५३ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४३,५०० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको छ । यस व्यवसायले आ.ब. २०७४÷७५ मा २ अर्व २५.२४ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।

 आ.ब.२०७४÷७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ २.३७ करोड बराबरको रहेको छ । समग्रमा पुष्प व्यवसाय बार्षिक १० देखि १५% को हाराहारीमा बार्षिक बृद्धिदर रहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..