» » यादवले भन्नुभयो, अनुसन्धान र प्रयोगशाला विना विज्ञान लंगडो

सिरहा चैत ३ गते । जेएस मुरारकाको क्याम्पस व्यवस्थापन समितिका सदस्य जिवछ यादवले अनुसन्धान र प्रयोगशाला विनाको विज्ञान लंगडो हुने भएकाले क्याम्पसमा अनुसन्धानका सामाग्री व्यवस्था हुनुपर्ने कुरामा जोड दिनुभयो ।

विज्ञान अनुसन्धान विधि कार्यशाला तीनदिने कार्यक्रम समापन समारोहमा आफ्नो मन्तव्य राख्दै सदस्य यादवले लहान क्याम्पसको व्यवस्थापकीय पक्षको लागि व्यवस्थापन समिति सक्रिय रहेको बताउनुभयो ।

 दाता मुरारका परिवारले एक करोडको लागतमा आधुनिक प्रयोगशाला निर्माण भएको उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधारको व्यापकता रहेको यस क्याम्पसलाई प्रदेश २ कै नमूना क्याम्पस बनाउन सक्ष्म प्रध्यापक टिम रहेकोले विज्ञान विषयमा अनुसन्धाधान पद्धतिलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो ।

गोरखापत्रका जिल्ला समाचारदाता समेत रहनु भएका सदस्य यादवल सामुदायिक र सरकारी क्याम्पसको अवस्था सुधार्न सुमधुर सम्बन्ध हुनुपर्छ तर सिरहास्थित सत्यनायाण सुर्य नारायण बहुमुखी क्याम्पसको अवस्था दयनीय हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सिरहा क्याम्पसमा नियमित कक्षा संचालन नहुनुले विद्यार्थीहरु निजी क्यम्पसमा महँगो शुल्क तिरेर पढ्न बाध्य भएको बताउनुभयो ।

सामुदायिक र सरकारी क्याम्पसमा सक्षम प्रध्यापक टिम रहेपनि चम्किने धातुमा खिया लाग्दै जान थालेको टिप्प्णी गर्दै उहाँले विद्यालय पालायनलार्इ रोक्न सामुदायिक र सरकारी क्याम्पसले विज्ञान संकायलाइ समयले माग गरे अनुसारको शैक्षिक विधि र तरिका अपनाएर जानु पर्ने सुझाव दिनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..