» » के राजपासँग छ यो प्रश्नको जवाफ ?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश स्तरीय भेला गरि छलफल चलाएका थिए । त्यो भेलाले पार्टी नेतृत्वमा महत्वपूर्ण सुझावहरु दिएका छन् । ती सुझाव अनुसार पार्टी अगाडि बढ् कि बढ्दैन त्यो हेर्न बाँकी नै छ तर प्रदेशस्तरीय बैठकले पार्टीमाथि दवाव अवश्य सृजना भएको छ । मन्त्री हेरफेरदेखि अध्यक्षमण्डल भंग गर्नेसम्मको कुरा उठेको छ । प्रदेश १, २, ५ र ७ मा आफ्नो बैठक सकाएको छ । प्रदेश २ बाहेक राजपा नेपाल अरु कुनै प्रदेशमा चुनाव जितेको छैन ।


प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा फागुन १४ गते बैठक बसेको थियो । झापा, मोरगं, सुनसरी र उदयपुर जिल्लाका अध्यक्षमण्डल, केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यको बैठकमा शीर्ष नेतृत्वप्रति प्रदेश १ लाई हेला गरेको आरोप लगाउनु भएको छ ।

राजपा नेपालको सम्पूर्ण शक्ति प्रदेश २ मै केन्द्रीत भयो । त्यसले गर्दा प्रदेश १ छायाँमा परेको उल्लेख गर्दै त्यहाँका नेताहरुले यो प्रदेशप्रति पार्टी नेतृत्व पक्षले अलिकित ध्यान दिए भने प्रदेश २ जस्तै बलियो हुने दावी गरिएको थियो ।


प्रदेश १ का नेता एवं केन्द्रीय प्रवक्ता सन्तोष मेहताका अनुसार प्रदेश १ पनि राजपा नेपालका लागि सम्भावना भएको प्रदेश हो तर शीर्ष तहले ध्यान दिएका छैनन् । राजपा नेपालका अध्यक्षमण्डलमा रहेका सम्पूर्ण नेताहरु प्रदेश २ कै छन् । चुनाव पनि प्रदेश २ मै भयो । त्यही भएर प्रदेश १ प्रति राजपा नेपालले ध्यान नदिएको जस्तो देखिएको गुनासो भएको थियो ।


प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा १० गतेदेखि १३ गतेसम्म बसेको बैठकमा सांसद, मन्त्री र स्थानीय जनप्रतिनिधिले एक अर्काको आलोचना गरेका थिए ।


सांसदले मन्त्रीको, राज्यमन्त्रीले मन्त्रीको, नेता तथा कार्यकर्तले स्थानीय जनप्रतिनिधिको आलोचना गरेका थिए । मन्त्रीहरुले कामै नगरेको गुनासो गर्दै मन्त्री नै फेरबदल गर्नुपर्ने अधिकाँश सांसदको गुनासो थियो । प्रदेश २ चार दिनसम्म बसेको बैठकमा अधिकाँश समय नै मन्त्रीको गुनासोमा बित्यो ।


फोरम नेपालसँग मिलेर राजपा नेपालले सरकार गठन गरेको छ । सो सरकारमा राजपा नेपालबाट जितेन्द्र सोनल, रामनरेश राय यादव र नवलकिशोर साह मन्त्री बनेका छन् । त्यसबाहेक तीनटै मन्त्रालयका लागि राज्यमन्त्री पनि बनाएको छ ।

 तीनजना मन्त्रीमध्ये रामनरेश राय यादव मन्त्री भएदेखि यता मन्त्रालय नै नगएको गुनासो बैठकमा भएको थियो । अस्वस्थताका कारण देखाउँदै मन्त्री यादवले मन्त्री गएको छैनन् । मन्त्री निवासमै मन्त्रालयको कामकाज हुने गरेको छ ।


यदि अस्वस्थ्यताका कारण मन्त्री मन्त्रालय जानसक्दैन भने पार्टीले त्यस्तोलाई किन मन्त्री बनाउने भन्दै आलोचना भएको थियो । तुलनात्मक रुपमा जितेन्द्र सोनलले विकासका केही कामहरु गरेको भएपनि उहाँको पनि आलोचना भएको थियो ।

यसरी मन्त्रीहरुको बारेमा बैठकबाट नै कुरा उठ्न थालेपछि मन्त्री हेरफेरको निष्कर्षमा पुगेको छ । यद्यपी फागुन २२ गते बस्ने भएको अध्यक्षमण्डलको बैठकले आधिकारीक निर्णय गर्ने बताइएको छ । बेठकमा प्रदेश २ का आठवटै जिल्लाका जिल्ला अध्यक्षमण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, स्थानीय जनप्रतिनिधि, मन्त्री र सांसदको उपस्थिति थियो ।




प्रदेश ५ को अस्थायी राजधानी बुटबल भएपनि मधेशीहरुको बासोबास रहेको नेपालगञ्जम राजपा नेपालको बैठक बसेको थियो । फागुन १७ गते बसेको बैठकमा बाँके बर्दिया, कैलाली, कञ्चनपुर र दाङ् जिल्लाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

यो बैठकलाई प्रदेश ५ को बैठक भनिए पनि यसमा प्रदेश ७ मा रहेका जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो

 प्रदेश ५ राम्रो संगठन नभएको कारण प्रदेश ७ लाई पनि समावेश गरिएको थियो । सो बैठकमा मुख्य रुपमा चुनावको कुरा उठेको थियो । बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरुले प्रदेश २ मात्र किन चुनाव गराएको अरु प्रदेशमा किन नगराएको जस्ता प्रश्न उठाएको थियो ।


अरु प्रदेशलाई छाडेर प्रदेश २ मा मात्र चुनाव गराएर के पाएको पनि प्रश्न उठेको राजपा नेपालका उपाध्यक्ष गोविन्द चौधरीले बताउनुभयो ।

 यदि चुनावमा भाग लिनु थियो भने सबै प्रदेशमा लिनुपथ्र्यो नभए, यदि लिएन भने कुनै पनि प्रदेशमा लिनु हुँदैन्थ्यो भनि बैठकमा कुरा उठेको थियो । प्रदेश २ चुनावमा भाग लिएर अरु प्रदेशलाई अलपत्र पारेको आरोप उहाँहरुको थियो । चुनाव नलडेपनि यस प्रदेशमा राजपा नेपालले प्रदेश तथा संघमा समानुपातिक सांसद बनाएका छन् ।


प्रदेश ७ को बैठक भनिए पनि सो बैठकमा अधिकाँश प्रदेश ५ का जिल्ला सहभागि थियो । फागुन १६ गते भैरहवामा बसेको बैठकमा नवपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका जिल्ला अध्यक्षमण्डल, केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विधायकहरुको बैठक बसेको थियो ।

यो बैठकमा मुख्य रुपमा अध्यक्षमण्डल खारेज हुनुपर्ने कुरा जोडतोडले उठेको थियो । अध्यक्षमण्डल रहँदासम्म संगठनको विकास नहुने भन्दै अगामी महाधिवेशनबाट अध्यक्षमण्डल खारेज गरि एक अध्यक्ष प्रणाली शुरु गर्नुपर्ने सुझाव आएको थियो ।


अध्यक्षमण्डलका केन्द्रीय संयोजक महेन्द्रराय यादवले भन्नुभयो, अध्यक्षमण्डल हट्नुपर्छ भने कुरा प्रदेशमा मात्र होइन, केन्द्रमा पनि उठेको छ । अगामी महाधिवेशनबाट अध्यक्षमण्डल हट्ने कुरा लगभग केन्द्रमा पनि कुरा मिलेको छ तर यसको निर्णय महाधिवेशनले गर्नेछ ।’

अध्यक्षमण्डलको संयोजक चक्रिय प्रणाली अनुसार दुई–दुई महिनामा केन्द्रमा परिवर्तन भएपनि सो चक्रिय प्रणाली जिल्लामा लागु नभएको गुनासो पनि बैठकमा आएको थियो ।

केन्द्रमा लागु हुने तर जिल्लामा किन लागु नहुने भनि नेता तथा कार्यकर्ताहरुले प्रश्न गरेका थिए । यद्यपी केन्द्रले दुई दुई महिनामा अध्यक्षमण्डल संयोजक फेर्नुं भनि सर्कुलर जिल्लाहरुमा पठाइ सकेको छ तर अहिलेसम्म त्यो लागु भएको छैन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..