» » आजदेखि स्वतन्त्र मधेश गठबन्धनको बैठक शुरु

काठमाडौं चैत ३ गते । सरकारसँग ११ बुँदे सम्झौता गरेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक आज बस्दैछ ।

सिरहाको लहानमा आजदेखि शुरु हुने परिषद्को बैठकमा सहभागी हुने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुका लागि नागरिकता अनिवार्य गरिएको छ ।


बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौता र आगामी रणनीतिको बारेमा छलफल हुने बताइएको छ । परिषद्को बैठक सकिएपछि विस्तारित बैठक हुनेछ भने त्यसपछि गठबन्धनका संयोजक राउत मधेश दौडामा निस्किने बताइएको छ ।

परिषद्को बैठक ४ गतेसम्म चल्ने बताइएको छ । परिषद्को बैठक सकिएपछि सप्तरीबाट गठबन्धनको –याली निस्किने छ र लहानमा राउतलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ ।

About saharatimes

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..