जनकपुर चैत ३ गते । राष्ट्रिय जनता पाटी (राजपा) नेपाल निकट राष्ट्रिय विद्यार्थी संघ जनकपुरद्धारा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
जनकपुरमा आज सम्पन्न प्रशिक्षणको उद्घाटन राजपा नेपालका महासचिव एवं प्रदेश २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जितेन्द्र सोनलले गर्नुभएको थियो । सो कार्यक्रमको विषिष्ट अतिथिको रुपमा पूर्व विद्यार्थी अध्यक्ष एर्व प्रदेश २ का उद्योग वन, उद्योग, तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल हुनुहुन्थ्यो ।
विद्यार्थी संघका जिल्ला अध्यक्ष त्रिदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक जयनिसान्त हुनुहुन्थ्यो भने प्रमुख सचेतक प्रमेश्वर साह, राजपा प्रवक्ता कृष्णा सिंह, राजपा धनुषा जिल्ला संयोजक प्रमोद यादव हुनुहुन्थ्यो ।
कार्यक्रमको विषयमाथि विद्यार्थी संघका केन्द्रीय संयोजक मनिष मिश्रले प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा वक्ताहरू विद्यार्थी संघका अध्यक्षमण्डलका सदस्य ज्ञानेन्द्र झा, लालबाबु साहले समेत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रीय विद्यार्थी संघका सहअध्यक्ष शम्भु झा निर्दोषी, पूर्व विद्यार्थी नेता अजय झा, उपाध्यक्षगण सुभाष कर्ण, नरेन्द्र यादव, सहमहासचिव अभयकान्त झा, प्रवक्ता पंकज राय, जिल्ला अध्यक्ष प्रदिप सिंह, रोशन मिश्र, दिनेश यादवलगायतका विद्यर्थीका नेताहरुको उपस्थिति थियो।
मन्त्री सोनलले विद्यार्थीहरुलाई संगठित भएर काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, संठगित भए मात्र आफ्नो अधिकार प्राप्त गर्न सकिन्छ त्यसैले मधेशीहरुको एकता हुनु एकदमै जरुरी रहेको छ । उहाँले अहिले मधेशको हकमा काम गरेर देखाउने बेला भएकाले आआफ्नो ठाउँबाट सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रिय प्रवक्ता सिंहले विधानभित्र रहि आफ्नो अधिकार क्षेत्रमा रहेर काम गर्न सुझाव दिँदै राजनीतिकमा महिलाका सहभागिता बढाउनुपर्ने सुझाव दिनुभयो ।
अध्यक्ष मिश्रले विद्यार्थीहरुलाई क्षमता अभिवृद्धि गर्नका लागि, नेतृत्व विकासका लागि यो कार्यक्रम राखिएको बताउँनुभयो । राष्ट्रिय विद्यार्थी संघको विद्यार्थीहरुको बीच एकीकरण हुन नसकेकाले यो कार्यक्रमले त्यसमा भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीका क्षमता अनुसार कामको जिम्मेवारी दिइने उहाँले बताउनुभयो ।
अर्को राष्ट्रिय अध्यक्ष लालबाबु साहले आज २२ महिनापछि विद्यार्थीहरुको बीचमा एकता हुने जस्तो कार्यक्रम भएको बताउनुभयो । विद्यर्थीहरुलाइ अनुसासनको बारेमा पनि उहाँले कुरा राख्नुभएको थियो ।
राष्ट्रिय अध्यक्ष ज्ञानेन्द्र झाले यो पार्टी सदैव पिडितको पक्षमा काम गर्ने दावी गर्नुभयो । पार्टीको नियमप्रति यस संठनमा लागेको युवा विद्यार्थीहरुलाई अनुसाशित भएर बस्नुपर्ने उहााले सुझाव दिनुभयो ।

No comments: