» » शुक्रवारदेखि २२ औं फ्लोरा एक्स्पो

काठमाडौ चैत ५ गते । ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ मुल नाराका साथ २२ औं फ्लोरा एक्स्पो (पुष्प मेला) हुने भएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले भकृटीमण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म आयोजना गर्ने एक्स्पोबाट ६० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य आयोजक रहेको छ ।

एक्स्पोमा जम्मा ८४ वटा स्टल रहनुको साथै मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधामा किसानहरु तथा व्यवासयहिरुलाई सम्मान पनि गरिने फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले देशका बिभिन्न उत्पादन भएको पुष्प तथा पुष्पजन्य वस्तुहरुको प्रबद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले मेला आयोजना गर्न लागेको बताउनुभयो । 

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र ललितपुर र फ्यानको संयुक्त आयोजनामा सो हुन हुन लागेको हो । पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी मेला स्थलमा नै प्राप्त गर्नुको साथै अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रविधिको बिषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुने बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..