» » समाजिक विकासमन्त्री साह पुनः विवादमा

जनकपुर चैत १० गते । प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह पुन विवादमा तानिनु भएको छ । एसइइ परीक्षाको निरक्षण गर्ने क्रममा केन्द्राअध्यक्ष र निरिक्षकहरुलाई अपशब्द प्रयोग गरेका कारण उहाँ विवादमा पर्नुभएको छ ।

आजदेखि सुरु भएको एसईई परीक्षा अनुगमन गर्दा केन्द्राध्यक्ष र निरीक्षकलाई अपशब्द प्रयोग गरेको भन्दै शिक्षकहरुले मन्त्रीकको राजीनामा माग गरेका हुन् । नेपाल शिक्षक संघले जनकपुरमा पत्रकार सम्मेलन गरेर मन्त्री साहले अमर्यादित शब्द प्रयोग गर्नु ठीक नभएको भन्दै तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ ।

परीक्षाको अनुगमनको क्रममा सरस्वती माध्यमिक विद्यालयमा पुग्दा अधिकांश निरीक्षकहरुले फोटोसहितको परिचय पत्र नराखेकोप्रति आक्रोशित हुँदै उहाँले अपशब्द प्रयोग गर्नु भएको थियो । साहले निरीक्षकलाई अपशब्द प्रयोग गरेको संघका धनुषा अध्यक्ष रामस्नेही यादवले जानकारी दिनुभयो ।

यसअघि गलत समाचार लेख्ने पत्रकारलाई जुत्ताले हान्नुपर्छ भनि अपशब्द प्रयोग गर्नुभएको थियो । त्यसको विरोध भएपछि उहाँले विज्ञप्ति निकालेर माफी माग्नु भएको थियो । परीक्षाकै मुखमा उहाँ विवादमा आएपछि अहिलेसम्म कुनै प्रतिकृया आएको छैन ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..