काठमाडौ चैत ३ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक सकिए पनि भएका निर्णयहरु सार्वजनिक गरिएको छैन ।
फागुन १० गतेदेखि १७ गतेसम्म चारवटा प्रदेशमा भएको छलफलमा पनि निर्णय सार्वजनिक गर्न माग गरिएको थियो तर ती बैठकहरुको निर्णय सार्वजनिक नगरि नेताहरु काठमाडौ फर्किए ।
काठमाडौ फर्केर निर्णय सार्वजनिक गर्ने अध्यक्षमण्डलका सदस्यहरुले प्रतिवद्धता जनाएको थियो तर यहाँ आएर अध्यक्षमण्डलको बैठक पार्टी कार्यालयदेखि ह्यात होटलसम्म बस्यो तर त्यसको निर्णय सार्वजनिक गरेन ।
चैत १ गते निर्णय सार्वजनिक गर्ने भनि विज्ञप्ति पनि लेख्यो तर हालसम्म त्यो विज्ञप्ति जारी भएको छैन । केही कुरा मिलाउन बाँकी रहेकाले २ गते सार्वजनिक गर्ने भनिएको थियो तर २ गते पनि सार्वजनिक भएन । आज सार्वजनिक गर्ने भनिएको छ ।
राजपा नेपालका उपाध्यक्ष सत्यनारायण मण्डलले भने, बैठकपछि निर्णय सार्वजनिक गरि दिए कार्यकर्ता तथा नेतामा उत्साह बढ्छ र त्यसले काम गर्नमा सजिलो हुन्छ । निर्णय सार्वजनिक नहुँदा कार्यकर्ताहरुमा अन्योलता हुन्छ त्यसैले समयमा निर्णय सार्वजनिक गर्दा राम्रो ।’

No comments: