» » उपेन्द्र यादवले भन्नुभयो, राजपा नेपाल समर्थन फिर्ता लिनुको तुक छैन

काठमाडौ चैत ३ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनु भएको छ  ।


आफ्नो गृहजिल्ला विराटनगर पुग्नु भएका मन्त्री यादव पत्रकारसँग कुरा गर्दै भन्नुभयो, हाम्रो पार्टी सरकारमै बसेर देश र जनताका अधिकारका लागि काम गर्नेछ ।

फोरम नेपाल सरकारबाट बाहिरिए मात्र एकीकरणका लागि छलफल हुन सक्ने राजपा नेपालले भनिरहेको बेला मन्त्री यादवको यस्तो भनाइ आएको हो । राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा नरहेका कारणले समर्थन फिर्ता लिनुको अर्थ नरहेको बताउँदै उहाँले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश नं २ मा सरकार गठन गरेको बताउनुभयो ।

एकीकरणका लागि राजपा नेपाललाई पत्र पठाएको तर त्यसको जवाफ नआएको बताउँदै उहाँले एकीकरणका लागि सकारात्मक रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले सिके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमत सङ्ग्रह उल्लेख नभएको बताउँदै जनमत सङ्ग्रह र जनअभिमत फरक विषय रहेको प्रष्ट पार्नुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..