» » पूर्व डिआइजी थापा फोरममा प्रवेश

काठमाडौ चैत ५ गते । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको छ ।

प्रहरी सेवाबाट बिदा लिएपछि थापा कुनै राजनीतिक गतिविधिमा हुनु हुन्थेन । अहिले उहाँ फोरम नेपालमा प्रवेश गर्नुभएको छ । बैशाख हुन लागेको फोरम नेपालको महाधिवेशन अघि थापाको पार्टीमा प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर उहाँलाई अहिले पार्टीले कुन जिम्मेवारी दिएको छ भनि खुलाएको छैन ।

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाउनु भएको थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुनुहुून्छ । तर, उहाँभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले उहाँलाई पछि पार्दै महानिरीक्षकमा बाजी मार्नुभएको थियो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..