काठमाडौ चैत १० गते । मुस्लिम आयोगका नवनियुक्त अध्यक्ष समिम मियाँ अन्सारीमाथि आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै कपिलवस्तुका अब्दुल सलामाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
नागरिकता विवादमा परेका अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्न नहुने भन्दै सलामले रिट दायर गर्नुभएको हो ।
आयोगको अध्यक्षमा नियुक्त भएका अन्सारीविरूद्ध नक्कली नागरिकता, नक्कली शैक्षिक प्रमाणपत्र लगायतका चारवटा उजुरी परे पनि संसदीय सुनुवाइ समितिले तिनको निरूपण नगरी स्वतः नियुक्त हुने बाटो खोलेको दिएको रिटमा उल्लेख छ ।
संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गर्नुभएको थियो । अन्सारीका विषयमा सुनुवाइ समिति अनिर्णित बन्दा संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिन कटेपछि अन्सारी स्वतः अध्यक्ष बन्न सफल हुनुभएको थियो ।
रिट दायर गर्नु भएका अब्दुल पनि आयोगमा अध्यक्षका लागि उम्मेदवार बन्नुभएको थियो ।

No comments: