काठमाडौ चैत ६ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पाँचजना कर्मचारी नियुक्त गरेको छ । गत असोजमा एकपटक १३ जना कर्मचारी निस्काशन गरेको राजपाले सात महिनापछि पुनः एकैपटक पाँचजना कर्मचारी नियुक्त गरेको छ ।
नियुक्त गरेकाको पाँचजनामध्ये ३ जना पुराना रहनु भएको भने बाँकी दुईजना नयाँ रहेका छन् । नयाँ नियुक्त हुनेहरुमा प्रदीप पाठक, रन्जित झा, अभिषेक कर्ण, सुरेन्द्र मण्डल र रामपुकार साह रहेका छन् । प्रदीप पाठक, रन्जित झा र सुरेन्द्र मण्डल यसअघि पनि कार्यालयमा कर्मचारीका रुपमा काम गरेका थिए ।
अहिले नियुक्त भएका पाँचजनामध्ये प्रदीप पाठक र सुरेन्द्र मण्डल महन्थ ठाकुरको कोटाका हुनुहुन्छ यद्यपी सुरेन्द्र मण्डलमा महेन्द्रराय यादवको पनि समर्थन रहेको छ । रञ्जित झा शरतसिंह भण्डारी कोटाका हुनुहुुन्छ भने अभिषेक कर्ण अनिलकुमार झा र रामपुकार साह राजकिशोर यादव कोटाका रहनु भएको छ ।
विगतमा कर्मचारीहरुले पार्टीमा अनियमितता गरेको तथा कार्यालयमा काम गर्ने गफ गरेर बस्ने जस्ता अराोप उनीहरु माथि लागेको थियो र सोही आरोपको आधारमा हटाएको थियो ।
कार्यालयमा प्रदीप पाठक (कार्यालय सचिव), राजाराम पासवान (उनी पार्टीका सचिव पनि थिए), राजेश चौधरी, सतेन्द्र मिश्र (महन्थ ठाकुरको स्वकीय सचिव), सुरेन्द्र मण्डल, तिलक रावल, विद्याधर झा, दिलिप साह, महावीर शाही, रञ्जित कुमार झा र दुईजना अन्य महिलालाई हटाएको थियो ।
त्यतिबेला राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिल झा, राजेन्द्र महतो, महासचिव केशव झा, चन्दा चौधरी लगायतका नेताले कर्मचारीहरुले गलत काम गरिरहेको विषय बैठकमा उठाउँदै आउनु भएको थियो ।
कार्यालयमा हुने कुनै पनि काम जस्तै, छपाईका काम, नास्ता, खाजा तथा अन्य आवश्यक चाहिने वस्तुको खरिदमा कमिशन खाने गरेको, पार्टीको काम नगरेर कार्यालयमा त्यतिकै गफ गरेर बस्ने गरेको लगायतका आरोप उहाँहरुमाथि थियो ।
६ वटा दल मिलेर बनेको राजपा नेपालमा ती दलबाट कर्मचारीहरु भर्ना भएका थिए । तर, ती कर्मचारीहरु काम गर्नुको सट्टा राजनीति बढी गर्थे । आ–आफ्ना नेतालाई कुरा लगाउने देखि लिएर आफ्ना नेताको काम मात्र उनीहरुले गर्ने गरेका थिए ।
ह्यात होटलमा चलेको बैठकले पार्टीका महासचिव विनोद कुमार सिंहलाई सचिवालय सदस्यमा नियुक्त गरेको छ ।

No comments: