» » सिके राउतले बनाउनुभयो जनमत पार्टी

काठमाडौ चैत ४ गते । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले पार्टी स्वरुप धारणा गरेको छ । छुट्टै मधेशका लागि संघर्ष गर्दै आउनु भएको सिके राउतले जनमत पार्टी गठन गर्नुभएको छ ।

सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिकमा जानु भएका राउतले राष्ट्रिय परिषद्को बैठकबाट पार्टीको नामाकरण गरेको हो । केन्द्रीय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढने निर्णय पनि गरेको छ ।

यस्तो छ निर्णयहरु
–स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम(जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५र११र२४ गते भएको ११(बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको छ।

–केन्द्रिय भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न नेपालको संविधान भित्र रहेर पार्टी स्थापना गरी अगाडी बढ़ने निर्णय गरेको छ।

–पार्टीको नाम “जनमत पार्टी” राख्ने निर्णय गरेको छ।

–पार्टीको झण्डामा क्रमशस् रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का ९स्ट्रीप० बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।

–पार्टीको लोगोको रुपमा अष्टदलको छेऊमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने छ। पार्टीको छापमा अष्टदलको बीचमा गोलाकार गरी पार्टीको नाम रहने निर्णय गरेको छ।

–पार्टीको चुनावचिन्हमा “अष्टदल” लाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ।

–केन्द्रिय भेलाले पार्टीको लागि ३५(सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिनेछ।केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

३५सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा। सिके राउत राष्ट्रिय अध्यक्ष तथा केन्द्रिय सदस्यहरुमा कैलाश महतो ९महोत्तरी०, राज कुमार यादव ९सिरहा०, अब्दुल खान ९बर्दिया०, चन्दन सिंह ९महोत्तरी०, बबिता ईसर ९सप्तरी०, कौशिला महतो ९झापा०, परमेश्वर मुर्मु ९मोरंग०, सीताराम पंडित ९सुन्सरी०, सुरेन्द्र शर्मा ९सप्तरी०, सतिला यादव ९सिरहा०, इन्द्रजीत यादव ९धनुषा०, संजय यादव ९महोत्तरी०, नरेश कुशवाहा ९सर्लाही०, वीरेन्द्र साह ९रौतहट०, दिनेश यादव ९बारा०, संजय साह ९पर्सा०, ध्रुव गौड ९नवलपरासी०, भोपेन्द्र यादव ९रुपन्देही०, हकिकुल्ला खान ९कपिलवस्तु०, राधा यादव ९दाङ०, इरफान अहमद शेष ९बाँके०, महेन्द्र प्रसाद चौधरी ९कैलाली०, दुर्गा चौहान ९नवलपरासी० र आशा मेहता ९सुन्सरी० रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

–स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५र११र२४ गते भएको ११(बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णयका साथ श्री चन्दन सिंहको संयोजकत्वमा ३(सदस्यीय सहमति कार्यान्वयन समितिलाई सो कार्यको जिम्मेबारी सुम्पेको छ।त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सोही समितिलाई जिम्मेबारी दिइएको छ।

–“जनमत पार्टी” को गठनसँगै जनमत जुटाउन जनता समक्ष जाने र जनमतबाटै संवैधानिक रुपमा नै जनताको समस्या, माग, हकहित र अधिकारको लागि अनवरत समर्पित र निस्स्वार्थ भावले संघर्षरत रहने प्रतिबद्धता भेलाले जाहेर गरेको छ।

–“जनमत पार्टी” सम्पूर्ण जनता, पत्रकार, नागरिक समाज, राजनीति पार्टी तथा सामाजिक संघ(संगठनलाई सहयोग तथा सहकार्यका लागि हार्दिक अनुरोध गर्दछ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..