» » सिके राउतको आत्मसम्र्पण (सम्पादकी)

स्वतन्त्र मधेशको माग गर्दै लामो समयसम्म आन्दोलन गर्दै आउनु भएका सिके राउत सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा सहभागी हुनुभएको छ । यो स्वागतयोग्य कुरा हो । तर पृथकतावादी तथा अलगाववादको राजनीतिक गर्ने कुनै पनि शक्ति यसरी राज्यसँग सम्झौता गर्नुलाई सबैले अनौठो रुपमा लिएका छन् । विश्वको राजनीतिमा यस्तो विरलै हुन्छ ।

 देश नै टुक्राउने आन्दोलन आफैमा राम्रो होइन तर सिके राउतले जसरी शान्तिपूर्ण ढंगबाट स्वतन्त्र मधेशको नारा दिएर मधेशलाई लामो समयसम्म गुमराहमा राख्नुभयो, अन्योलनमा राख्नुभयो त्यो ठूलो गल्ति थियो । त्यो गतिविधिलाई सहारा टाइम्सले निरन्तरण विरोध गर्दै आइरहेको थियो ।

सिके राउतको आन्दोलन र अभियानले मधेशको जुन प्रकारको मानसिक, आर्थिक, समाजिक क्षति भयो त्यसको क्षतिपूति कसले दिने ? राज्यले सिके राउतको कारण मधेश र मधेशीलाई विखण्डनकारीको नजर जसरी हेर्यो, त्यसरी न जयकृष्ण गोइतको पाला हेर्यो न नागेन्द्र सिंह (ज्वाला सिंह) को पालामा हेर्यो । सिके राउतका कारण पुरै मधेश बदनाम भयो, प्रताडित भयो त्यसको हिसाब किताब नदिइकन सिके राउत आफ्नो बाटो नै फेर्नुभयो ।

बाटो गलत हो भने कुरा उहाँलाई शुरुमै थाह थियो । सार्वभौमसत्ता सम्पन्न देश नेपाललाई टुक्राउन त्यति सजिलो छैन भने कुरा उहाँलाई राम्री थाह थियो । देश विदेशबाट अध्ययन गरेर आउनु भएका सिके राउतलाई आफू जुनबाटोमा हिडेको छु त्यो गलत हो भने कुरा उहाँलाई राम्रोसँग थाह थियो तर अरुको इशारामा मधेशलाई एउटा प्रयोगशाला बनाउनुभयो । उहाँले मधेशलाई प्रयोगमा ल्याउँदा थोरबहुत मधेशी जनताले साथ दिएकै हो र त्यो साथ र सहयोगलाई उहाँले दुरुपयोग गर्नुभयो ।

मधेशी जनताको भावनासँग उहाँले खेलवाड गर्नुभयो । मधेशमा अन्तराष्ट्रिय शक्तिहरुलाई खेल्न दिने उहाँले ठाउँ बनाई दिनुभयो । मधेशमा विभिन्न एजेन्सीहरुलाई आफ्नो चलेखल गर्न दिने थलो बनाई दिनुभयो । यसको क्षतिपूर्ति दिने क्षमता सिके राउतसँग छैन । त्यही क्षमता नभएर उहाँ आफूलाई आत्मसम्र्पण गराउनुभयो ।

हुन त जो आए ती सबैले मधेशलाई प्रयोग नै गरे । बेदानन्द झादेखि लिएर सिके राउतसम्मका सबै नेताले मधेशलाई प्रयोग मात्रै गर्नुभयो । बेदानन्दन झाले पनि मधेशको नाममा आन्दोलन शुरु गर्नुभएको थियो । तर पछि राजदरवारमा गएर त्यसलाई बेच्नुभयो ।

 गजेन्द्रनारायण सिंह, रामराजा प्रसाद सिंह, उपेन्द्र यादव, महन्थ ठाकुरहरुले पनि कहीं नकहीं मधेशको नाममा आफूलाई स्थापित गराउनुभयो । मधेशको नाममा आन्दोलन गर्नुभयो र पछि त्यसलाई विर्सिदै जानुभयो । गजेन्द्रनारायण सिंह अरुको भन्दा अलि सफल भएपनि उहाँले पनि मधेशलाई जहिले सत्तासँग साट्नुभयो ।

रामराजाप्रसाद सिंह मधेशको नाममा राजनीतिक गरेपनि उहाँले कहिल्यै पनि मधेशलाई आफ्नो प्राथमिकतामा राख्नुएका थिएन । उहाँले समग्र राष्ट्रको कुरालाई प्राथमिकतामा राख्नुभएको थियो । उपेन्द्र यादव पनि मधेशको नाममा राजनीतिक गर्नुभयो । त्यत्रो भिषण मधेश आन्दोलन गर्नुभयो अखिर मधेश छाड्दै उहाँ पनि हिमाल र पहाड चढ्नु थाल्नुभयो । यहाँसम्म कि उहाँले मधेशवाद नै छैन समेत भन्न थाल्नुभयो ।

महन्थ ठाकुर मधेशका नेता कहिल्यै हुनुहुन्थेन उहाँ प्लान्टेड नेता हुनुुहुन्छ, त्यसैले उहाँलाई मधेशप्रति त्यति माया छैन । राजेन्द्र महतो शुरुदेखि नै व्यपारी मान्छे हुनुहुन्छ । गजेन्द्रनारायण सिंह राजनीतिकको शुरुवात गर्दा उहाँ काठमाडौमा व्यावसायी गरेर बस्नु भएको थियो ।


व्यावसायी गर्दा गर्दै राजनीतिकमा आउनुभयो र उहाँले राजनीतिकलाई व्यावसायी बनाउनुभयो ।


तर उहाँहरुले जुन मिसन लिएर राजनीतिमा आउनुभयो । जे मुद्दा उठाउनु भयो, जुन एजेण्डाका लागि अगाडि बढ्नुभयो त्यसमा कहि नकहि, कुनै नकुनै रुपमा संलग्न रहेको देखिन्छ तर सिके सिके राउत एकैचोटी नाइटी डिग्रीको रुपमा परिवर्तन हुनुभयो । र, यस्तो त्यो बेला हुन्छ, जुन बेला अरुको इशारामा चलिरहेका हुन्छन् । आफ्नो सुझबुझ र आफ्नो योजनामा कुनै कार्यक्रम गरिरहेको हुन्छ भने त्यसको व्यवस्थापन पनि त्यसै अनुसार हुन्छ र सजिलो हुन्छ ।

यदि कसैको योजनामा कुनै काम भइरहेको हुन्छ भने उसले चाहेको हुन्छ, आफ्नो अनुकुल अगाडि बढाउन समस्या हुन्छ र कही नकही गएर दुर्घटना हुन्छ वा विर्सजन गर्नुपर्छ । सिके राउतका लागि पनि त्यस्तै भयो । उहाँ अन्तराष्ट्रिय शक्तिको योजनामा नेपालबाट मधेशलाई अलग गर्ने बाटोमा लाग्नुभएको थियो । आफ्नो गतिमा त्यो बाटोमा हिडिरहनु भएको थियो तर हिडिरहेकै बेला ती शक्तिले ब्रेक लगाई दियो । उसले नै सरकार समक्ष आत्मसम्र्पण गर्न भनेपछि उहाँले रातारात जेलमै भएको बेला सम्झौता गर्नुभयो ।

र, मुलधारको राजनीतिमा आउनुभयो । जनमत पार्टी गठन गरि राजनीतिमा आउनु भएका सिके राउतमाथि अझै शंका गर्ने ठाउँ छ । अहिले पनि उहाँ अन्तराष्ट्रिय शक्तिको सहयोगमा राजनीतिक गतिविधिलाई अगाडि बढाएको भन्नेहरुको कमी छैन । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..