» » कृषिमा स्त्रीकरण (भाग–३)

–कृष्णकुमार साह
कृषिमा बढ्दो महिला भूमिकाका कारण वातावरणीय दुस्प्रभाव, घट्दो उब्जनी, महँगो सिँचाइ र मल बीऊ तथा बढी परिश्रमका कारण नेपालीहरुका लागि घरपरिवार निर्वाह गर्न गैरकृषि–कार्य रोज्नु बाध्यता भइसकेको छ । नेपालको जनगणना २०६८ अनुसार पूर्वी तराईमा २६.३ प्रतिशत घरधुरीका सदस्य घरबाहिर छन् ।

 उनीहरु मुख्यतः भारत र वा खाडी मुलुकमा छन् । मौसमी आप्रवासन हेर्दा परिवारका सदस्य बाहिर रहेका घरधुरीको सङ्ख्या र प्रतिशत अझै धेरै देखिन्छ । सिरहाको फुल्कहाकट्टी र भगवानपुर गाउँका २४ घरधुरीमध्ये चौबीसै घरका कम्तीमा एक सदस्य वैदेशिक रोजगार छन् । त्यस्तै, सुनसरीको एकम्बा र अमडुवा गाउँका २४ घरधुरीमा १८ घरका कम्तीमा एक सदस्य वैदेशिक रोजगारमा छन् ।


मधेशको कृषि अहिले पनि परम्परावादी र निर्वाहमुखी रहेको छ । खेत जोत्न केही परिवारले ट्रयाक्टर प्रयोग गर्दछन् भने खेती लगाउने र काट्ने कामका लागि मानव संशाधनकै प्रयोग गर्दछन् । गोरmले दाउनेको ठाउँमा थ्रेसरको प्रयोग भएको छ । अधिकाँश व्यक्तिले ट्रयाक्टर र थ्रेसर भाडामा प्रयोग गर्छन् । त्यसैकारण पालो कुर्नुपर्ने हुन्छ । कहिलेकाही रातिमा पालो आउँदा महिलाहरु जानुपर्ने बाध्यता हुन्छ ।


अधिकाँश कृषिमा निर्भर रहेको मधेशी समाजका युवा समयानुकूल आफ्नो र घरपरिवारको आवश्यकता कृषिबाट सजिलै पूरा नहुने अवस्था देखेपछि वैदेशिक रोजगारका लागि बाहिरिनु सामान्य भइसकेको छ । उनीहरुको अनुपस्थितिमा कृषि–कार्यबाट कमसेकम घरपरिवार पनि चलोस् भन्ने विचारमा महिलाहरु कृषि–कार्यमा लागिपरेको देखिन्छ । महिलाहरु घरबाहिर निस्किदा प्रतिष्ठा कम हुने सोचाइका कारण पहिले–पहिले उनीहरुलाई घरायसी धन्दामा मात्रै सीमित राखिन्थ्यो ।

तर मजदुरीमै बाँच्ने गरिब परिवारका महिलाहरुका लागि कृषि मजदुरी पहिलेदेखि सामान्य काम थियो । उनीहरुका लागि जीविका प्राथमिकताको कुरा थियो, प्रतिष्ठा होइन । यसरी ठूला–साना घरका महिला विस्तारै खेतीपातीमा सक्रिय हुन थाले । उनीहरुले रोपाइ तथा कटाइजस्ता काममा सघाउन थाले । अहिले परिवारका पुरmष सदस्य घरबाहिर गएका कारण उनीहरु घरायसी कामकाजसँगै खेती गर्न पनि बाध्य भएका छन् । उनीहरु सिँचाइसँगै बढी मिहेनत गर्नुपर्ने काम पनि गर्न अग्रसर हुँदैछन् ।


पहिलेदेखि नै जग्गा–जमिनलाई धेरै दृष्टिकोणबाट महङ्खवपूर्ण साधन–स्रोत मानिन्छ । मूलतः पुरmषको प्रभुत्वमा रहेको साधन–स्रोतमा पहुँच विस्तारलाई आधार बनाएर पनि महिला सशक्तीकरणलाई बुझ्न सकिन्छ । सर्वेक्षण  गरिएको क्षेत्रमा अधिकतम मानिसले जग्गा–जमिन खरिद गर्दा महिलाको नाममा रजिष्ट्री गराउने गरेका छन् ।

सुनसरीमा सर्वेक्षण गरिएका २४ घरधुरीमध्ये १५ घरधुरीमा महिलाको नाममा जग्गा रहेको पाइएको छ । तीमध्ये १३ परिवारमा नयाँ जग्गा खरिद गर्दा महिलाको नाममा रजिष्ट्रेशन गरिएको छ भने २ घरपरिवारमा पुर्खौली जग्गा महिलाको नाममा रहेको छ । र, सिरहामा १४ घरपरिवारमा महिलाको नाममा जग्गा रहेको सर्वेक्षणले बताउँछ ।


महिलाको नाममा जग्गा रजिष्ट्रेशन गराउनुको मुख्य कारण पुरmष प्रवासन रहेको छ । जग्गा धितो राखी कर्जा लिन सजिलो हुनु पनि यसको एक कारण हो । श्रीमान् विदेशमा रहेको बेला कर्जा लिनुपरेमा महिलाको नाममा जग्गा भएन भने धरौटी राख्न पाइँदैन । यसका साथै, महिलाको नाममा जग्गा भयो भने सरकारबाट उपलब्ध हुने कृषि अनुदान, सामग्री तथा सहयोग पनि पाउन गाह्रो हुन्छ ।

महिलाको नाममा दर्ता हुँदा कर छुट हुने र अन्य सरकारी नीतिको कारण महिलाको नाममा जग्गा जमिनको स्वामित्व दर्ता गर्ने क्रम बढेको हो । यसरी दर्ता गर्दा महिलाहरुले पनि जग्गा–जमिनमा स्वामित्व र अपनत्व पनि महसुस गरेका छन् । यसरी आफ्नो स्वामित्व र अपनत्व भएको जग्गामा महिलाको भूमिका बढ्दै जानु स्वाभाविकै हो । अहिले पुरmषहरुले आफ्नो श्रीमतीहरुप्रति विश्वास र भरोसा गर्दै महिलाहरुको नाममा खेतबारी किन्ने गरेका छन् । तसर्थ वैदेशिक रोजगारका कारण बाध्य भएर कृषिमा आकर्षित भएका महिलाहरुले अवसर पनि देख्न थालेका छन् । स्वामित्वमा विस्तारसँगै उनीहरुको सक्रियता र हैसियत पनि बढ्दो छ ।
तेस्रो कारण कृषिलाई आम्दानीको स्रोतको रुपमा बुझ्नु हो । कृषि–कर्म धेरै परिश्रम लाग्ने कठिन काम हो, तर पनि खेतबारीबाट हुने आम्दानीको कारण पहिलेभन्दा अहिले महिलाहरु आर्थिक रुपमा सबल हुँदैछन् । बदलिँदो परिवेशमा मानिसको आवश्यकता, अपेक्षा र आकाङ्क्षा धेरै नै बढेको छ, पुरmषमाथि मात्रै निर्भर भइरह्यो भने ती आवश्यकता र अपेक्षा पूरा गर्न कठिन छ ।

त्यसैले पनि उनीहरु पुरmष घर र श्रममा अनुपस्थित हुँदा पनि खेतबारी बाँझो राख्न चाहँदैनन् । त्यसैले उनीहरु आफ्नै कामको भार बढाएर भए पनि खेतीपातीमा लागेका छन् । पुरmषहरु जथाभावी जाँड रक्सीको लतमा फँसेका घरपरिवारका महिलाका लागि त थप बाध्यता भएको छ कृषि कर्म ।


कुनै बेला पूर्वाञ्चल विकास क्षेत्रमा सिरहाको फुलकहाकट्टीले तरकारी खेतीमा सर्वोत्कृष्ट पुरस्कार पाएको थियो । अहिले यहाँका अधिकांश महिला तरकारी खेतीमा लागेका छन् । यसैकारण घरबाहिर उनीहरुको हिडडुल बढेको छ, व्यवसाय र व्यापारसँगै बजारमा उनीहरुको पहुँच पनि वृद्धि भएको छ ।

 यहाँकी प्रमिला सिंह दनुवारको अनुभव र अनुभूतिले पनि महिलाको क्रियाशीलतालाई जनाउँछ । श्रीमान् विदेशमा हुँदा खेतीपाती र तरकारी व्यवसाय थालेकी दनुवार भन्छिन्, खेतमा उब्जिएका तरकारी बेच्न म आपैm बजार जान्छु । धेरैजसो साइकलमा लोड गरेर लान्छु र कहिलेकाहीँ त टाउकोमा बोकेर पनि बेच्न गएको छु । तर कहिलेकाहीँ त धेरै नै तरकारी काट्नुपर्ने हुन्छ र बेच्न मिर्चैया, लहान, चोहर्वाजस्ता टाढाको बजारमा लानु पर्दा ट्याम्पु रिजर्भ गरेर लान्छु ।

सामान्यतया मिर्चैया बजारमा तरकारीको भाऊ अलि राम्रो हुने भएकोले म त मिर्चैया लगेर बेच्न रmचाउँछु । तरकारी खेतीबाट म राम्रो आम्दानी गर्छु । श्रीमान् विदेश जाँदाको कर्जा तरकारी बेचेरै चुक्ता गरेँ । सबै घरायसी आवश्यकता तरकारी खेतीबाटै पूरा गर्छु ।

श्रीमान्को राम्रो आम्दानी भयो भने फेरि खेत किन्नु पर्ला । पछि त श्रीमान्लाई पनि यसैमा लगाउँछु । किनभने कहिलेकाहीँ त धेरै नै गाह्रो हुन्छ । बच्चाहरु स–साना छन् । विद्यालयको समयबाहेक उनीहरुले पनि सघाएका छन्, तैपनि गाह्रो छ । हातमा पैसा आउँदा धेरै खुसी पनि लाग्छ । सुरm–सुरmमा हाटबजार जाँदा लाज लाग्थ्यो, अब त्यस्तो केही लाग्दैन । किनभने हाटबजार गइएन भने तरकारी खेतमै कुहिन्छ ।’

तरकारी खेती आम्दानीको एउटा राम्रो स्रोत बनेको छ । यस्ता खेती र व्यवसायका कारण आर्थिक रुपमा सबल भएकै परिणामस्वरुप महिलाहरुको सामाजिक हैसियत पनि बढेको छ । अब उनीहरुलाई टोलछिमेकका अनेक सवालमा पनि सम्मानका साथ सोधखोज हुँदो रहेछ । घरायसी धन्दामा सीमित रहेका महिला खेतीपाती र व्यवसायमा संलग्न हुँदा घरपरिवार र समाजमा सम्मान र हैसियतका पनि हकदार हुनु सशक्तीकरणको सङ्केत हो ।

भगवानपुरका महिलाहरुले त जग्गा लिजमा लिएर पनि खेती गरिरहेका छन् । सुरmमा एउटा गैरसरकारी संस्थाले यसमा सघाएको थियो भने अचेल उनीहरु आफै लागिपरेका छन् । हुन त सिँचाइका लागि सरकारबाट अनुदानमा दिइएको दमकलबाट त्यति राम्रो सिँचाइ हुन पाएको छैन । आफ्नो नाममा जग्गा नभएकोले सरकारबाट प्रदान हुने कृषि सामग्री तथा सहयोग उनीहरुले पाउन सकेका छैनन् ।

अहिले लिज खेतीबाट राम्रो आम्दानी भएको छ त पहिलेको तुलनामा उनीहरुको अवस्थामा थोरै परिवर्तन आएको छ । पहिले उनीहरुलाई अरmको खेतबारीमा काम गर्नुपर्ने बाध्यता नै थियो, अहिले लिजमा खेती गर्दा अलग्गै आनन्द प्राप्त भएको हुन्छ, आफ्नै काम गरेको अनुभूति हुन्छ । र, खेतीबाट हुने आम्दानीले पनि उनीहरुलाई सशक्त बनाउँछ ।

कृषिबाट आय आर्जन
कृषिमा बढ्दो महिला भूमिकाका प्रभाव महिलाहरु कृषि–कार्यबाट आर्थिक रुपमा सबल हुँदै घरभित्र र बाहिरको निर्णय प्रक्रियामा पनि सहभागी हुन थालेका छन् । श्रीमान् वैदेशिक रोजगारमा रहेका महिलाहरुले घरपरिवार चलाउनु पर्दा उनीहरु दिनानुदिन सक्षम भइरहेका छन् । श्रीमान् वैदेशिक रोजगारमा गएकै कारण कृषिलगायत घरायसी धन्दामा पनि उनीहरु निर्णय लिन बाध्य भएका छन् । कामको बोझ थपे पनि यसले उनीहरुको सबलीकरणमा एउटा अवसर र चुनौती प्रदान गरेको छ ।

 किनभने पहिले श्रीमान् घरमा भएको बेला उनीहरु सल्लाहमा निर्णय लिन्थे भने अहिले उनीहरुले निर्णय प्रक्रियामा मुख्य भूमिका खेल्नुपर्छ । सिरहा र सुनसरीमा सर्वेक्षण गरिएका ४८ घरधुरीमध्ये अधिकतम महिलाहरु निर्णय प्रक्रियामा सहभागी हुने गरेका छन् । कुनै–कुनै परिवारमा श्रीमान् हुँदा पनि श्रीमतीकै निर्णय चल्ने गरेको छ । यसले के बताउँछ भने महिलाले आम्दानी गर्छ भने ऊ आर्थिक रुपमा सबल हुन्छ र निर्णय प्रक्रियामा पनि सहभागी हुन सफल हुन्छ ।

 सिरहा र सुनसरीमा निर्णय प्रक्रियामा महिलाहरुको सहभागिता बढ्दै गए पनि सिरहामा भन्दा सुनसरीमा अभैm बढी सहभागिता देखिन्छ । बढीभन्दा बढी कमाउने र धेरै काम गर्ने दबाबले महिलाहरु व्यावसायिक खेतीमा संलग्न छन् । खेतीसम्बन्धी सम्पूर्ण कामसँगै अरm क्रियाकलापमा, विशेष गरी व्यापार तथा अन्य काममा पनि उनीहरुको निर्णयले महङ्खव पाउँदैछ ।

 कृषिबाट भएको आम्दानीसँगै महिलाको सबलीकरणबारे भगवानपुरका दलित महिला कृषक समूहका उपाध्यक्ष चम्पादेवी सदाय बताउँछिन्, लिजमा खेती सुरm गरेदेखि मेरो आम्दानी बढेको छ । पहिले–पहिले अरmको खेतमा ज्याला मजदुरी गर्थें । तर अहिले भाडामा लिएको खेतमा काम गरिरहेकी छु । प्रायः सबै मौसममा तरकारी उब्जाउँछु र नजिकैको स्थानीय बजारमा बेच्छु ।

यसले गर्दा केही न केही निरन्तर आम्दानी भइरहन्छ । यसैकारण मसँग केही रकम जुनसुकै बेला हातमा हुन्छ र मैले आवश्यकताअनुसारको सामान तुरmन्तै किन्न सक्छु । यसले मेरो जीवनमा धेरै परिवर्तन ल्यायो । अब मैले सोचेर स्वतन्त्र निर्णय गर्न सक्छु, केमा पैसा खर्च गर्ने, कसरी गर्ने निर्णय गर्न सक्छु । यसले मलाई सशक्त बनाएको छ ।’


यी जीवन्त कथाबाट बुझिन्छ, कृषि कार्यमा सहभागिताले महिलाहरु आर्थिक रुपमा सबल हुँदै घरभित्र र बाहिरका निर्णय प्रक्रियामा पनि सहभागी हुन सक्षम हुँदैछन् । खेतीपातीको क्रममा उब्जिएका अन्नपात तथा सागसब्जी बेच्न घरबाहिर जानुपर्ने भएकोले उनीहरुको पहुँच बजारमा र आर्थिक कारोबारमा पनि बढेको हो । उनीहरु विभिन्न कृषक समूह तथा अन्य सहकारीमा सदस्य हुँदा तालिम र गोष्ठीमा पनि भाग लिनुपर्ने हुन्छ । यसरी विभिन्न तालिम र गोष्ठीमा भाग लिँदा पनि उनीहरुको बोल्ने क्षमता तथा नयाँ ठाउँमा गर्ने बानी–व्यवहारबारे उनीहरु सचेत हुन्छन् ।

 कृषक समूहका सदस्य भएपछि कृषि विभाग तथा जिल्ला कृषि कार्यालयबाट पाउने सुविधा तथा अनुदान पनि पाउन सजिलो हुन्छ । लक्ष्मी किसान समूहका सचिव सोनादेवी कामत बताउँछन्, सचिवको नाताले मैले हरेक बैठकका लागि समूहका सदस्यलाई बोलाउने काम गर्छु । मैले अभिलेख पनि राख्नुपर्छ, तर म पढे–लेखेकी महिला होइन । समूहका सबै बैठकमा उपस्थित भइरहँदा पनि मलाई बाहिर जान संकोच लागिरहेको हुन्छ । तैपनि म जाने गरेकी छु । सायद म पढे–लेखेकी भएको भए मलाई कुनै कठिनाइ हुने थिएन ।’

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..