» » यतिबेलै ज्ञानेन्द्रलाई मधेश मोह

देशको राजनीतिक पेचिलो बनिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् । रेशम चौधरीालाई जन्मकैद, राष्ट्रिय जनता पार्टी (राजपा) को समर्थन फिर्ता, सिके राउतको रिहा र त्यसपछि ११ बुँदे सहमति लगायतको राजनीतिक गोलचक्करमा देश घुमिरहेको बेला अनौठो तरिकाले ज्ञानेन्द्र शाह मधेशको भ्रमणमा हुनुहुन्छ । ज्ञानेन्द्र शाहको मधेश भ्रमण धार्मिक भएपनि उहाँले त्यहाँको आफ्नो जनमत बुझ्न जानु भएको बताइन्छ ।

अनपेक्षित रुपमा राजनीतिक अवस्था परिवर्तन भइरहेको छ । त्यसप्रति मधेशी जनताको धारणा के रहेको छ त्यसको बारेमा जान्नका लागि उहाँ त्यता जान लाग्नु भएको हो । मधेशमा उहाँले त्यहाँ विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । उहाँको स्वागतमा सर्लाहीमा स्वागतका लागि विशेष व्यवस्थाको तयारी भइरहेको बताइएको छ ।

उहाँको स्वागतमा पूर्वगृह राज्यमन्त्री सोनेलाल यादव लाग्नु भएको छ । 

ज्ञानेन्द्र शाहको स्वागतको तयारीमा लागेका सोनेलालले भन्नुभयो, मौसफको स्वागतको तयारी भइरहेको छ । यहाँ पुजापाठ गर्नुको साथै विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेट्ने कार्यक्रम समेत रहेको छ । त्यसको तयारी तथा प्रचार प्रसार भइरहेको छ ।’

यसरी पूर्वराजा ज्ञानेन्द्र शाह मधेशमा घुमघाममा लागेपछि उहाँको आलोचना पनि भएको छ । उहाँको यस्तो खालको भ्रमण अर्थपूर्ण रहेको र त्यसमा रोक लगाउनु पर्ने धेरैको टिप्पणी रहेको छ । 


पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले मधेश अझै राजनीतिक सेन्टर प्वाइन्टमा रहेकाले ज्ञानेन्द्रको ध्यान त्यतातिर गएको टिप्पणी गर्नुभयो । संघीयता र गणतन्त्रलाई मधेशले थेगेको कुरा केपी शर्मा अ‍ोली र प्रचण्डले बुझे जस्तै ज्ञानेन्द्रले पनि राम्रोसँग बुझ्नु भएको बताउँदै उहाँले ज्ञानेन्द्र यसपटक मात्र होइन, यसअघि पनि पटक पटक मधेश जानुभएको बताउनुभयो ।
जबसम्म मधेशको मन जित्न सकिदैन तबसम्म मधेशमा चुनाव जित्न सकिदैन, बुझेर नै प्रधानमन्त्री अ‍ोलीले बेलाबेलामा मधेशमा हरकतहरु गरिरहेका हुन्छन्, र ज्ञानेन्द्रले पनि त्यहाँको जनताको मन जित्नका लागि धार्मिक भ्रमणको नाममा गइरहेको उहाँको विश्लेषण छ । मधेशलाई आफूतिर तान्न सकियो भने भारत स्वयं साथ दिने भ्रम ज्ञानेन्द्र शाहलाई रहेको छ ।


फागुन २९ गते बासका लागि जनकपुर पुग्नु भएका ज्ञानेन्द्र शाह फागुन ३० गते सर्लाहीको मलङ्गवा गएर दुर्गा मन्दिरमा पूजापाठ गर्नुभएको थियो ।

 त्यो दिन रातको बास जनकपुरमै थियो । ज्ञानेन्द्र शाहले चैत १ गते त्यहाँको जानकी मन्दिरमा पूजापाठ गर्नुहुने कार्यक्रम रहेको जनाएको छ । जनकपुरबाट चैत २ गते गाईघाट जाने कार्यक्रम रहेको छ । गाईघाटमा राधाकृष्ण मन्दिरमा पुजापाठ गर्ने कार्यक्रम रहेको छ भने ३ गते सप्तरीको सखडा भगवतिको दर्शन गरि झापा जाने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..