काठमाडौ चैत ५ गते । एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक दिलाउन सफल हुनु भएका अजित यादवलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज सम्मान गरेको छ ।
पार्टी कार्यालयमा एक कार्यक्रम गरी राजपा नेपालले सम्मान गरेको छ । राजपा नेपाल अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले मधेशीपुत्र अजित यादवले स्वर्णपदक जितेर नेपालको नाम उच्च बनाएको बताउनुभयो । यस्तो खालको खेलाडीलाई राष्ट्रले उच्च सम्मान गर्नुपर्ने उहाँले बताउनुयभो ।
उहाँले खेलाडी देशका गहना हुन् यसलाई राज्यले संरक्षण गरेर राख्नुपर्ने बताउँदै यस्ता प्रतिभाहरुलाई सरकारको तर्फबाट सम्बोधन गर्न आग्रह पनि गर्नुभयो । हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा अजितले पहिलोपटक स्वर्ण पदक दिलाउन सफल हुनभएको हो ।

No comments: