» » सांसद यादव कोरिया जाँदै

काठमाडौ माघ १९ गते । संघीय समाजवादी फोरम नेपालका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप यादव पार्टीको प्रवास संगठनको महाधिवेशनलाई सम्बोधन गर्न दक्षिण कोरिया जान लाग्नु भएको हो ।

सांसद यादव नेपाली संघीय समाज फोरम दक्षिण कोरियाको आगामी फेब्रुअरी ५ तारिखका दिन आयोजना हुने तेस्रो महाधिवेशनलाई सम्बोधन गर्नका लागि त्यतितर्फ जान लाग्नु भएको हो ।

पहिचान, समावेशी र समृद्ध राष्ट्र निर्माण संकल्प, नेपाली संघीय समाजवाद अबको निर्विकल्प भन्ने नाराका साथ प्रवास संगठनले आफ्नो तेस्रो महाधिवेशन आयोजना गर्न लागेको हो ।

कोरियामा क्रियाशील नेपालीहरुमाझ संगठनलाई अझ बढी मजबुत बनाउन विभिन्न प्याकेजका कार्यक्रम तय भएको सांसद यादवले बताउनु भएको छ ।

उहाँले यस अवसरमा कोरियामा काम गरेर बस्ने नेपाली युवायुवतीहरुलाई के–कस्तो समस्या परेको विषयमा जानकारी लिने र ती समस्या समाधानका निम्ति सरकारीस्तरबाट के–कस्ता कदमहरु चाल्नुपर्छ भन्ने सम्बन्धमा पनि छलफल गरिने बताउनु भयो ।

त्यसैगरी, सोलस्थित नेपाली राजदूताबासमा पनि कार्यक्रम रहेको छ ।

पार्टीका केन्द्रीय उपमहासचिव प्रकाश अधिकारीले पनि कार्यक्रमलाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको नेपाली संघीय समाज दक्षिण कोरियाका सञ्चार विभाग प्रमुख शेर साङबो शेर्पाले बताउनु भएको हो।

उक्त संगठनले दक्षिण कोरियाका सबै प्रान्त र क्षेत्रमा रहेका जातीय, क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको संगठनका अध्यक्ष महिन्द्र राईले बताउनु भएको छ ।


पार्टीको प्रतिनिधित्व गर्दै प्रवास समाजको यस अधिवेशनको उदघाटन गर्नका निम्ति उपमहासचिव अधिकारी र सांसद यादवको पाँच दिने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ ।

यस अवधिमा सांसद यादवले कोरियामा संगठन विस्तारका निम्ति बाक्लै भेटघाट र कार्यक्रमहरुमा सहभागी बन्ने जनाइएको छ।

About Suresh Yadav

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..