काठमाडौं माघ २२ गते | संघिय सामाजबादी फोरम नेपाल पर्साका अध्यक्ष तथा प्रतिनिधीसभा सांसद प्रदिप यादवले आफुहरु मधेशीको लागि नभई देशभित्रका उत्पीडनमा परेका आदीबासी, जनजाती, दलित मुस्लिम लगायतका समुदायको लागि संघर्षरत रहेको बताउनुभएको छ ।
संघिय सामाजबादी फोरम दक्षिण कोरिया सामाजको तेस्रो अधिबेशनलाई सम्बोधन गर्दै सांसद यादवले यस्तो बताउनुभयो ।
पार्टीको भातृ संगठन संघिय समाजबादी दक्षिण कोरिया समाजकोे निमन्त्रणामा तेस्रो अधिवेशनलाई दक्षिण कोरियामा संवोधन गर्दै सांसद यादवले देशको पिछडिएका समुदाय आदीबासी, जनजाती, मधेशी मुस्लिम, दलित लगायतका समुदायलाई फोडेर बर्षौदेखि एकल जाती विशेषका समुदायहरु शासन गरिरहेको आरोप लगाउनुभयो ।
सांसद यादवले उपेक्षित तथा उत्पीडनमा परेका समुदायको हक , अधिकारको लागि पार्टी एकता भएको बताउदै चुनावको बेला बर्षौदेखि शासन गरेका शासकहरु विभिन्न प्रोपोगान्डा फैलाएर फेरि सतामा हाबी भएको बताउनुभयो ।
उहाँले आदीबासी, जनजाती र मधेशी समुदायमा फुट डालेर बषौदेखि शासन गरिरहेको शासकहरुको षडयन्त्र अब युवा पुस्ताले बुझिसकेको बताउदै आदीबासी, जनजाती, दलित एक भए देशमा एकल जातीय चाडै अन्त्य हुने बताउनुभयो । कार्यक्रम संघिय सामाजबादी दक्षिण कोरिया समाजको अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा सम्पन भएको छ ।

No comments: