» » अनसन तोडियो, बन्ने भयो बलान र कमला नदीको पुल

सिरहा माघ २० गते । कमला र बलान नदीमा पुल निर्माणका लागि दवाव दिन एक महिनादेखि सिरहामा बस्दै आएको रिले अनसन आजबाट तोडिएको छ ।

हुलाकी सडक संघर्ष समितिको आयोजनामा बस्दै आएको सो अनसन संसदीय विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काको रोहवरमा तोडिएको अनसनकारी रामरिझन यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, यो रिले अनशनले अब २०७७ वैशाखसम्ममा कमला र बलान पूलको उदघाट्न हुने निश्चित भएको छ ।

सहिद हेमनारायण यादवको १५औं स्मृति दिवसलाई सम्बोधन गर्दै प््रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् आएर २०७७ वैशाख २ गते उद्घाटन गर्ने बताउनु भएको छ । भौतिक योजना मन्त्री रघुवीर महासेठले समेत कुनैपनि हालतमा एक वर्षमा पूल बनाउने स्वीकार गर्नु भएको छ ।

यो अनशन मिथिलामधेशका १०  देखि १५ लाख जनताको जीवन स्तर उकास्ने सोच लिएर गरिएको उहाँले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..