जनकपुर माघ २० गते । प्रदेश २ प्रदेशसभा गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा प्रदेशसभाले विभिन्न कार्यक्रम गरि मनाएको छ ।
प्रदेश २ का प्रदेश सांसदहरुले ब्यामिन्टन खेल्नुको साथै गरिब असहायलाई कम्बल वितरण गरेर वर्षगाँठ मनाएको छ ।
तर त्यो एक वर्षमा प्रदेशसभाले के के गरे त्यसको समिक्षा हुन थालेको छ । प्रदेशसभाका सदस्यहरुले एक वर्ष कसरी विताए त्यसको समिक्षा र टिप्पणीहरु हुन थालेको छ ।
एक बर्षे प्रगगिलाई नियाल्दा प्रदेश नम्बर २ आफ्नो मुख्य जिम्मेवारीमै असफल देखिएको छ । प्रदेश २ हालसम्म आफ्नो नाम र स्थायी राजधानीबारे टुंगो लगाउन सकेको छैन ।
नाम र राजधानी टुगों लगाउन अध्ययन गर्न बनेको समिति नै विवादमा परेपछि त्यो कहिले टुगों लाग्ने भन्न सक्ने अवस्था छैन ।
प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते बसेको थियो । प्रदेश सभाले हालसम्म १७ वटा विधेयक पारित गरेको छ ।
कानून निर्माणमा अगाडि देखिएको २ नम्बर प्रदेशसभाबाट पारित प्रदेश प्रहरी ऐन विवादित समेत बनेको थियो ।

No comments: