» » जनकपुरका मेयर साह विरुद्ध धर्ना

जनकपुर २० गते । उपमहानगरपालिकाका मेयर लालकिशोर साहले काम गर्ने कुनै पनि अधिकार नदिएको भन्दै जनकपुर उपमहानगरपालिकाका वडाध्यक्षहरु धर्नामा बस्नुभएको छ । 

उप–महानगरपालिकाका वडा अध्यक्षहरु १६ बुँदे माग अघि सार्दै धर्ना आजदेखि धर्नामा बस्नुभएको हो ।

उप–महानगरपालिकाका २५ वडा अध्यक्षहरुमध्ये १६ जना वडा अध्यक्षले १६ बुँदे मागसहित मेयर लालकिशोर साहको विरोधमा धर्नामा बस्नु भएको हो ।

उहाँहरुले संवैधानकि व्यवस्थाअनुरुप अधिकार प्रत्योजन, वडा कार्यालयहरुमा दैनिक भैपरी आउने कार्यका लागि स्वायत व्यवस्था, वडा कार्यालयहरुमा भौतिक, आर्थिक तथा संशोधन स्वायतताको व्यवस्थाको माग गनुृभएको छ ।

वडाको कार्यभारअनुसार कर्मचारी व्यवस्थापन, संवैधानकि व्यवस्था अनुसार बजेट बिनियोजन, कार्यपालिका बैठकमा प्रत्येक वडा अध्यक्षहरुले एजेण्डा राख्न र छलफल गर्न पाउनुपर्ने साथै कार्यपालिका बैठकका सम्पुर्ण निर्णयहरु सञ्चार माध्यममा सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेको वडानम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले बताउनुभयो ।

उहाँले कतै आगलागि हुँदा मेयरले नभन्दासम्म दमकल जाँदैन भने अरु अधिकार दिने कुराको कल्पनासम्म पनि गर्न नसकिने बताउनुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..