» » दुई सांसदको विवादका कारण रौनियार क्षेत्रको रकम फ्रिज

बारा माघ २० गते । प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा पर्नुभएका हरिनारायण रौनियारको सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रम अन्तर्गतको संसदीय विकास कोष फ्रिज भएको छ ।

पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक रहनु भएका सांसद रौनियार निर्वाचित पर्सा क्षेत्र नम्बर ३ को चार करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।

रौनीयार संचालक रहेका बेला पप्पु कन्स्ट्रक्सनले बाँकेको बबई पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा रौनियारविरुद्ध मुद्धा दायर गरेसँगै उहाँको सांसद पद निलम्बनमा परेको थियो ।


रौनियारको पद निलम्बन भएसँगै त्यो क्षेत्रको सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमको बैठक बस्न नसक्दा बजेट फ्रिज भएको हो।

संसदीय विकास कोषको बजेट खर्च गर्न सम्बन्धित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव प्रणालीमा निर्वाचित सांसदकै  अध्यक्षतामा योजना छनोट गरी पुस मसान्त भित्र नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने थियो ।

सांसद रौनियारको सांसद पद निलम्बनमा परेको संसद सचिवालयबाट पत्र आएपछि रौनियारको विकल्पमा क्षेत्र नम्बर ३ को संसदीय कोषको संयोजक बारे समानुपातिक सांसद शेख चाँदतारा र पुष्पा कर्णले क्षेत्र नम्बर ३ को संसदीय विकास कोषको संयोजक आफू बन्ने दाबी गर्दा भएको विवादका कारण सो रकम फ्रिज भएको बताइएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..