» » सहिद दुर्गानन्द झाले नपाएको स्थान पाए यसले

जनकपुर माघ २१ गते । सबै हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र जानकी मन्दीरमा भएको साँस्कृतिक कार्यक्रमको चौतर्फी विरोध भइरहेको छ ।

धार्मिक कार्यक्रम बाहेक अरु कुनै पनि कार्यक्रम त्यस परिषसरमा नगर्ने नियम हुँदा हुँदै आयोजकले जानकी मन्दिर परिसरमै साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । साँस्कृति कार्यक्रममा दिएको प्रस्तुती समाज सुहाउदो नरहेको स्थानीयहरुको आरोप छ । अश्लिल गीतमा भएको डान्सले सबै लज्जित बनाएको बताइएको छ ।

गणतन्त्रका लागि बलिदान दिनु भएका सहिद दुर्गानन्द झाको सालिक जानकी मन्दिर परिषरमा बनाउन खोज्दा मन्दिरका महन्थले बनाउन दिइरहेको छैन तर अश्लिल गीत र डान्स गर्ने साँस्कृतिक कार्यक्रम गर्न अनुमति दिनुभएको छ ।

जानकी मन्दीर परिषरमै राजा महेन्द्रमाथि बम हानेको कारण त्यही दुर्गानन्दको शालिक निर्माण गर्ने राजेश्वर नेपालीले चाहनु भएको छ तर जानकी मन्दिरले अनुमति दिइरहेको छैन तर त्यही परिषरमा पटक पटक साँस्कृति कार्यक्रम गर्न दिएर जनतालाई लज्जित बनाइरहेको टिप्पणी भइरहेको छ ।

समाजसेवी सरोज मिश्रले एकातिर धार्मिक कार्यक्रम बाहेक जानकी मन्दिरको प्राङ्गनमा कुनै पनि कार्यक्रम गर्न गराउन न पाइने सहमति हुँदा हुँदै यो कार्यक्रम गर्ने गराउने माथि कारबाही गर्ने कि नगर्ने भनि धनुषाका सिडिओसँग प्रश्न गर्नुभएको छ । 

सप्तरंगी कार्यक्रमको नाममा अश्लिलरंगी कार्यक्रम जानकी मन्दिरकै प्रागंणमा गराई जानकी मन्दिरको गरिमा र ध्रार्मिक स्थललाइ अपवित्र बनाएको आरोप मिश्रको छ ।

कमरिया करे लपालप र उघरेको चोली जस्ता अश्लिल गीत गाएर कार्यक्रमलाई रंगिन बनाएको थियो । यो मिठाइ लाल जादव भनिने सन्दिप क्षेत्री जसले मधेश आन्दोलनको समयमा मधेश आन्दोनललाई गिज्याउने गरी कार्यक्रम आयोजना गरेको थियो । सन्दिप पनि त्यो कार्यक्रममा प्रस्तुती दिनुभएको थियो ।
सामुदायिक प्रहरीको साझेदारी सो कार्यक्रम भएको थियो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..