» » मुख्यमन्त्री राउतले भन्नुभयो, प्रदेशसभाको एक वर्ष सिकाईमा

जनकपुर २१ गते । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता सुरु भएको एक वर्षको अवधिमा प्रदेशसभाले सत्ता र प्रतिपक्षबाट प्रदेशको समृद्धिका लागि सहयोग प्राप्त भएको दावी गर्नुभएको छ । 

प्रदेशसभाको प्रथम वार्षिकोत्वसको अवसरमा प्रदेशसभा संसदलाई सम्बोधन गर्दै सत्ताधारी दल, प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलको प्रजातान्त्रिक शैलीलाई प्रशंसा गर्दै एक वर्षको अवधि उपलब्धिमुलक रहेको बताउनु भएको छ ।

मुख्यमन्त्री राउतले संघीयता सिकाई प्रक्रियामा रहेका कारण प्रतिपक्षी दलको भूमिकाको सराहना समेत गर्नुभयो । उहाँले संघीयताको अभ्यासमा सहयोग र समृद्धिको सांस्कृतिक विकास गर्न समेत प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘काम गर्ने शिलशिलामा एकले अर्कालाई  सहयोग नगरे विकास र समृद्धि अघि बढ्न सक्दैन, त्यसैले सत्ता र प्रतिपक्षको विकासको मिशनलाई एउटा उदाहरण प्रस्तुत गर्न आग्रह गर्दछु । अबको वर्षहरुमा प्रदेशसभामा अझ आत्मीयता, विश्वास र सहयोगको आवश्यकता छ ।’

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..