» » मन्त्री सोनलले भन्नुभयो, ओलीको मनोपोली चल्दैन

काठमाडौ माघ २० गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारले संघीयता समाप्त पार्न खोजेको आरोप लगाउनु भएको छ ।

जनकपुरमा शनिवार आयोजित एक कार्यक्रममा उहाँले संघीय सरकारले प्रदेशमा सिडियो कार्यालयमार्फत समानन्तर सरकार चलाउन खोजेको आरोप लगाउँदै केन्द्रको त्यस्तो कार्यले संघीयता नै धरापमा पर्ने चेतावनी दिनुभयो ।

मन्त्री सोनलले प्रदेश सरकारको अधिकार प्रमुख जिल्ला अधिकारी (सिडियो) लाई दिएर संघीय सरकारले समानान्तर सरकार चलाउन खोजेको अरोप लगाउँदै राजपा नेपालले त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।

‘एकातर्फ प्रदेश सरकार बनाइन्छ अर्कोतर्फ प्रदेश सरकारको समानान्तरमा सिडियोलाई अधिकार दिएर समानान्तर सत्ता चलाउने कुरा भइरहेको बताउँदै उहाँले केन्द्र सरकारको त्यो निर्णयलाई प्रदेश सरकारले कुनै पनि हालतमा स्वीकार नगर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मोनोपोलीको लागि मधेशी जनताले आन्दोलन नगरेको होइन, बताउँदै उहाँले लोकतान्त्रिक मूल्यमान्यता अनुसार आफूहरू निर्वाचनमा भाग लिएको बताउनुभयो । उहाँले ‘निर्वाचनमा जितेकाहरुले सर्वसत्तावाद लाद्न खोजे, मौलिक मान्यता समाप्त  गर्न खोजे, संविधान भन्दा माथि जाने प्रयास गरे मधेसका जनता सहने स्थिति नरहेको बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..