सर्लाही, माघ २२ गते । उम्लीरहेको दुधले नुहाए मुसहर समुदायको कुलदेवता भुईया महराज । धेरै जनाले यो कुरा सुन्दा झुठो जस्तो लागन सक्छ तर वास्तवमा तराईमा बस्ने दलित समुदाय भित्रको मुसहर जातिमा अहिले पनि यो संस्कृति चलिरहेकोछ ।
भुईया महराजको अपटौनी पुजा तथा आउदो माघ १ गतेबाट प्रत्येक साल भुईया दिवस मनाउने घोषणा कार्यक्रमको प्रदेश २ का अर्थ मन्त्री विजय यादवको मुख्य अतिथिमा तातो तातो दुधले नुहाई आफनो कुलदेवता भुईया महाराजको पुजाआजा हिजो हरिपुर नपा ६ लक्ष्मीपुरमा सम्पन्न भएको छ ।
मोरङ्गदेखि पर्सासम्मको मुसहर समुदायको अगुवाहरुले आउदो माघ १ गतेबाट प्रत्येक साल माघ १ गते भुईया महाराजको तातो दुधले नुहाउने पुजा सहित “अप्पन संस्कृती अप्पन स्वाभिमान, तोडु विभेदके जंजिर, देखु वीर पुर्खाके नजिर” मुल नाराको साथ भुईया दिवस मनाउने घोषणा गरेको थियो ।
बाचेको एक मात्र मुसहर समुदायको संस्कृती तातो दुधले नुहाई गर्ने भुईया महाराजको अपटौनी पुजालाई बचाइ राख्न, भुईया महाराज (दिनाभद्री) को पहिचान तथा पराक्रमलाई स्थापित गर्न, भुईयाको अर्थ भुमि भएकोले मुसहर र भुमि बीचको सम्बन्ध र मुसहर समुदायको पुर्खाले भुमिपुत्रको रुपमा गरेको कर्मलाई जनमानस समक्ष ल्याउन भुईया दिवस मनाउन लागेको सर्लाहीका पचुलाल माझी मुसहरले बताउनुभयो ।
शतिmहिनको सशतिmकरण मुसहर समुदायको समग्र उत्थान अभियान, नेपाल राष्ट्रिय मुसहर सघं तथा जय श्री शवरी माता मुसहर एकता युवा सेवा समाज नेपालको आयोजनामा संचालन भएको यस कार्यक्रम मुसहर समुदायको उत्थान र विकास निम्ति कार्य गरेको अगुवा ६२ बर्षीय रामकेवल माझी र ६५ बर्षीय रामस्वरुप माझी मुसहरलाई सम्मान गरिएको थियो ।
प्रदेश २ का अर्थमन्त्री विजय यादवले यस कार्यक्रममा बोल्दै मुसहर समुदायको कुलदेवता भुईया महराज (दिनाभद्री) को जन्म स्थल लगायत मरौटी (मरेको स्थान), धरौटी (मृत शरिरलाई राखेको स्थान), जरौटी ( दाहंसंसकार गरेको ठाउँ) नेपालको सप्तरीमा रहेको र त्यसको सरंक्षण, विकासका निम्ति १ करोडको योजना बनाएर पेश गरेको बताउनुभयो ।
मोरङ्ग जिल्लाबाट आएका ऋषिवंशी जनकल्याण संघका कालाकारहरुले गीत संगीत, नृत्यको मार्फत मुसहर समुदायको सांस्कृति सहित मुसहर समुदायको वास्तविक जीवनलाई समेटी प्रस्तुती गरेका थिए ।
दिनाभद्र्री मुसहर कुलमा जन्मेको भए पनि उहाहरुले सम्र्पुण समाजको हितको लागी काम गरेका थिए । श्रम शोषक, अन्यायी, अत्याचारी कनक सिहं धामी तथा नवनबेली दुल्हनको डोलीलाई जवरजस्ती एक रात रोकी शारीरिक सम्वन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिहं लगायत १५१ जना शोषक, अन्यायी, अच्याचारी, सामन्ती सित लडी जित प्राप्त गरेका थिए, त्यसैले हामी मुसहर समुदाय उहाँको कर्मलाई स्थापित गर्न नेपाल भरि नै माघ १ गते भुईया दिवस एकसाथ मनाउन नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले आग्रह गर्नुभयो ।

No comments: