» » उपेन्द्र यादवले दिनुभयो आफ्नो सांसदलाई भ्रष्टाचारको विरुद्धमा कठोर हुन निर्देशन

काठमाडौ माघ १८ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचारका इशुमा सशक्त रुपमा प्रस्तुत हुन पार्टीका सांसदहरलाई निर्देशन दिनुभएको छ ।

वाइडवडीलगायतका भ्रष्टाचारका इशु अहिले देशमा उठिरहेको छ त्यसमा सांसदहरु सशक्त रुपमा प्रस्तुत हुनुपर्ने फोरम नेपालका पर्सा अध्यक्ष एवं सांसद प्रदीप यादवले जानकारी दिनुभयो ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा शुक्रवार बसेको संसद्ययि दलको बैठकमा संसदीय दलका नेता समेत रहनु भएका अध्यक्ष यादवले प्रतिनिधिसभा प्रहरी ऐन, नागरिकता ऐन लगायतका विभिन्न विभिन्न विधेयकहरु प्रस्तुत भइरहेको र त्यसको विषयमा विस्तृत अध्ययन गरी प्रस्तुत हुन निर्देशन दिनुभएको सांसद प्रदीप यादवले बताउनुभयो ।

साथै, निलम्बित सांसद हरिनारायण रौनियारको बारेमा पनि सभामुख कृष्णबहादुर महरालाई ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..