» » किवानिज अर्ध बार्षिक सम्मेलन सम्पन्न

काठमाडौँ, माघ २६ गते । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष सुजनकुमार श्रेष्ठले बालबालिका राष्ट्रका आधार स्तम्भ भएको बताउनुभएको छ ।

किवानिज इन्टरनेशनल नेपालको अर्ध बार्षिक सम्मेलनको उद्घाटन गदैँ उहाँले किवानिजको पहिलो प्राथमिकतामा बालबालिकालाई राख्ने अभियानस्वरुप सन् २०१६ देखि नेपालमा सक्रियकरुपमा काम गदैँ आएको उल्लेख गर्नुभयो ।
राजधानीमा शनिबार एक कार्यक्रमकाबीच किवानिज इन्टरनेशनल नेपाल र क्लबहरुले गरेका कामको मुल्याङ्कन गर्न आयोजित अर्ध बार्षिक सम्मेलन आयोजना गरिएको थियो ।

‘बच्चाहरुको बिचमा पुगेर उनिहरुको प्रत्यक्ष सेवा गर्दा त्यो खुशी आफुलाई अनुभुति हुन्छ, जुन खुशी सायदै अरु केहि काममा हुन्छ । बालबालिका नै देशको समाजका भविष्य भएका हुँदा उनिहरुको उज्वल भविष्य नै हाम्रो समाजको भविष्य हो । त्यसैले बच्चाहरुलाई राम्रो वातावरण दिनु र मिलाई दिनु निर्कै नै महत्वपुर्ण हुन्छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

किवानिज इन्टरनेशनल नेपालका सचिव लक्ष्मण लम्सालले क्लबहरुको प्रगति विवरण प्रस्तुत गदैँ–‘ किवनिज क्लव विश्वव्यापी सञ्जाल भएको स्वयंसेवी संस्था नेपालमा नितान्त आफ्नै सामुहिक पहलमा स्रोत साधन संकलन गर्दै विभिन्न सामाजिक अभियानमा किवनिज क्लवहरु अग्रसर रहेका छन्’ भन्नुभयो ।
किवानिज इन्टरनेशनल नेपालको अर्ध बर्षिय सम्मेलनका संयोजक तथा क्षेत्रगत प्रमुख तीर्थ कुमार सिंहले बालबालिकाको सेवा गर्ने उद्देश्य बोकेर स्थापना भएको किवानिजका क्लवहरुले शिक्षा, स्वास्थ्य र नेतृत्व विकासको क्षेत्रमा सन् २०१६ देखि समाजिक रुपान्तरणका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो । ‘सन् २०२० मा नेपालमा हुने किवानिज इन्टरनेशनल एसिया प्यासिफिक सम्मेलनको प्रारम्भिक तयारी भैरहेको छ । यसमा हामी सबैको सक्रिय पहल हुनु जरुरी छ’ उहाँले भन्नुभयो ।

सम्मेलनमा साँस्कृतिक कार्यक्रम, कविता वाचन, गजल वाचन लगायतका विविध कार्यक्रम आयोजना गरिएको थियो ।  हाल किवानिज इन्टरनेशनल नेपालका हालसम्म देशभर ३० वटा किवानिज क्लव गठन भएका छन् जसमा ५ सय ६५ सदस्य आवद्ध रहेका छन् । 

About Staff Reporter

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..