» » राजपा नेपालमा सामुहिक राजिनामा

सुनसरी माघ २२ गते | राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सुनसरीमा रहेका अगुवा नेता कार्यकर्ताहरुले नेतृत्व प्रति असन्तुष्टी जनाउदै सामुहिक राजिनामा दिएका छन ।
आइतवार ती नेता कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएको विज्ञप्ती जारी गरेर जनाएका छन् ।
राजिनामा दिनेमा सुनसरी अध्यक्षमण्डलका सदस्य बसन्त चौधरी, जिल्ला उपाध्यक्ष मो सरिफ रैन, जयप्रकाश साह, कमलेश झाका साथै केन्द्रीय सदस्य सरोज मिश्र, युवा संगठन जिल्ला अध्यक्ष महेन्द्र यादव, ४ नं क्षेत्रिय अध्यक्ष बिजय गुप्ता, इनरुवा नगर अध्यक्ष तेजनारायण पंडित रहनु भएको छ |
विज्ञप्तीमा सत्ता र शक्ति फुटाउने, मधेशको एजेण्डालाई बेचेर शहिदहरु प्रति वेइमानी गरेको आरोप लगाउदै व्यक्ति र गुटका भरमा राजपा चलेकाले  सामुहिक राजिनामा दिएको उहाँहरूले बताउनु भएको छ |

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..