सिरहा माघ २१ गते । राष्ट्रिय कृषक समूह महासंघ नेपालले सुनकोशी कमला डाईभर्सन सिंचाई आयोजना सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।
सिरहामा शहिद हेमनारायण यादवको १५ औं स्मृतिसभामा शनिवार प्रधानमन्त्री ओलीलाई महासंघका प्रदेश २ अध्यक्ष मुक्तिनारायण यादवका कृषक टोलीले ज्ञापनपत्र बुझाएको हो ।
सिरहासहित छिमेकी जिल्लाहरुमा सिंचाई सुबिधा पु¥याउन ,कृषि क्षेत्रलाई व्यवसायीमुखी र आत्मनिर्भर बनाउनका लागि सुनकोशी कमला डाईभर्सन सिंचाई आयोजना गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
सो ज्ञापनपत्रमा किसानहरुले चिनी मिललाई बिक्री गरेको उखुको भुक्तानी नपाएकोले भुक्तानी गराउनुपर्ने, नमुना करार खेतीलाई मधेशको सबै स्थानिय तहमा लागु गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई साना किसानमैत्री बनाई कार्यान्वयन गर्नुपर्ने र जंगली जनावरबाट व्यापक बालीनालीको क्षति हुँदै आएकाले जंगली जनावरहरुको नियन्त्रण गर्नुपर्ने माग गरिएको छ ।

No comments: