» » प्रधानमन्त्रीले मधेशको ‘म’, संविधानको ‘स’ र मुद्दा फिर्ताको ‘मु’ शब्दपनि उच्चारण नगरेको गुनासो

काठमाडौ पुस २४ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहअध्यक्ष एवं प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार दिनुभएको सम्बोधनबाट आफूहरु सन्तुष्ट नरहेको बताउनु भएको छ ।

उहाँले दिने सम्बोधनबाट आफूहरुले धेरै आशा गरेपनि आशातित सम्बोधन नआएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘रेल कहिले आउँछ ? पानीजहाज कहिले चल्छ ? भन्ने कुरा अहिले जनताको चासाको विषय होईन, बरु रोजी, रोटीको र घरद्धारको जनतालाई चिन्ता छ ।’

उहाँले आफूहरुले मुद्दा फिर्ता र संविधान संशोधनको लागि वर्तमान सरकारलाई समर्थन गरेको उल्लेख गर्दै भन्नुभयो, ‘तर, प्रधानमन्त्रीज्यूले यस विषयमा केही पनि बोल्नुभएन ।’ संविधान संशोधन र मुद्दा फिर्ताबारे सात दिनभित्र काम अघि बढाउँछु भनेपनि प्रधानमन्त्रीले सम्बोधनको क्रममा मधेशको ‘म’, संविधानको ‘स’ र मुद्दा फिर्ताको ‘मु’ शब्दपनि उच्चारण नगरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेकै दिन संसदमा जे घटना भयो त्यसमा सभामुख कृष्णबहादुर महरा चुक्नु भएको बताउनुभयो । 

सभामुखले भोलि बीचको बाटो तय गरेर सदन सुचारु गर्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, ‘दुवै पक्ष गम्भिर बन्नुपर्छ । सभामुखले बीचको बाटो लागि तयार हुनुपर्छ ।’

उहाँले आईतबार संसदमा भएको घट्नालाई दुर्भाग्यको संज्ञा दिनुभएको छ । कर्णले भन्नुभयो, ‘सभामुखले पनि केही न केही गल्ती गर्नुभएकै हो । र, पार्टीको तर्फबाटपनि केही गल्ती भएको हो । अब बीचको बाटोबाट जानुपर्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यसलाई टुँगो लगाउँछ ।’

नियामावली जीवन्त रहेकोले सोहीअनुसार अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..