» » पार्टीभित्र प्रचण्डको छक्का दाउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई निकै ठान्नुहुन्थ्यो । उखान टुक्का तथा हावादारी कुरा चलाकीपूर्वक गरेर राजनीतिकमा टिक्नु भएका उहाँलाई सो पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चलाकीबाट थाहै नदिइकन तीनचित लडाई दिनुभएको छ ।

उहाँकै पूर्व एमालेका नेताहरुलाई उहाँकै विरोध उभ्याएर पार्टीमा अल्पमतमा पारिदिनुभएको छ । पुस १२ गते सकिएको स्थायी समितिको बैठकमा पूर्व एमालेकै नेताहरुले प्रधानमन्त्री अ‍ोलीलाई पसिना पसिना बनाई दिनभयो । स्थायी समितिको बैठकमा जेजति कुरा भयो ती सबै अध्यक्ष प्रचण्डका डिजाइनमा भएको स्रोतले जनाएको छ ।

प्रचण्ड रणनीतिका अगाडि नेपाली काँग्रेसका सभापति गिरीजाप्रसाद कोइराला फेल भएको थियो भने प्रधानमन्त्री ओली कुन खेतीको मुल हुन र, नेकपा एक स्थायी समिति सदस्यले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ओलीजी लाई लाग्दो होला कि पार्टी मैले चलाई रहेको छु, पार्टी मेरो इशारामा चलिरहेको छ भनि सोच्नु भएको छ त्यो गलत हुन्छ । अब नेकपा अ‍ोलीको हातबाट फुत्कीसक्यो जसको संकेत स्थायी समितिको बैठकमा गरिसकेको छ ।’


कही यस्तो हुन्छ, पूर्व माओवादीका सबै नेताहरु चुप लागेर बस्नु र पूर्व एमालेका सबै नेताहरु एकैचोटी प्रधानमन्त्री अ‍ोलीमाथि खनिनुले पनि प्रष्ट बुझ्न सकिन्छ कि प्रचण्डले ठूलै खेल खेल्नुभएको छ, ती नेताले भन्नुभयो, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भिम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य, रघजी पन्त जस्ता नेतालाई ओलीको विरुद्धमा एकलाइनमा उभ्याइ दिनु, यस्तो क्षमता प्रचण्डसँग मात्र हुन्छ ।’


एमाले पार्टीका कहिल्यै पनि नभएको घटना नेकपामा भयो । प्रधानमन्त्री एवं अध्यक्ष अ‍ोलीले बोल्न लाग्दा नेताहरु बीचमै उठेर बोलेको कुराको प्रतिकार गर्नु समान्य कुरा होइन ।


प्रचण्ड र अ‍ोलीले संयुक्त रुपमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । तर सबै नेता ओलीमाथि किन खनिनुभयो ? यसमा प्रचण्डकै हात रहेको कुरा बुझ्न धेरै टाढा जानु पर्दैन । राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ प्रचण्डले पनि दिनुभएको थियो तर उहाँ एक घण्टा ४० मिनेट मज्जाले बोल्नुभयो । कसैले केही डिस्टर्व गर्नुभएन । तर त्यसको भोलीपल्ट प्रधानमन्त्री ओलीले बोल्न लाग्दा शुरुमै रघुजी पन्त र भिम रावलले उठेर बोल्नु थाल्नुभएको थियो ।


अन्य नेताहरुले पनि बोल्न पाउनुपर्छ भनि हात उठाएका थिए । प्रधानमन्त्री अ‍ोलीले आफ्नो कुरा राख्नुभन्दा पहिले रघुजी पन्तले बोल्नुभयो । त्यसपछि मात्र ओलीले आफ्नो कुरा राख्नुभयो । आफ्नो कुरा राख्ने वित्तिकै बैठक कक्षमा एक लहरै नेताहरुले उठेर म बोल्न पाउनुपर्छ त म बोल्न पाउनुपर्छ बोल्न थाले ।


एकछिन त बैठक नै बिथोलिएला भने जस्तो भएको थियो । कसो कसो गरी शान्त भयो । त्यसपछि वामदेव गौतम र भिम रावलले आफ्नो कुरा राख्नुभयो । उहाँहरुले कुरा राखिसकेपछि प्रधानमन्त्री अ‍ोलीले राजनीतिक प्रतिवेदन पारित गरौं भनेपछि फेरी बोल्न पाउनुपर्छ भनि नेताहरुले हात उठाउनुभयो । बैठकमा हल्ली खल्ली नै भयो । प्रधानमन्त्री अ‍ोलीले कोही नबोलुन भनि चाहनुभएको थियो । तर, प्रचण्डले बैठकमा हस्तक्षप गर्नुभयो । बोल्न चाहनेको नाम टिप्नुभयो । र, बैठक पुस १२ गतेका लागि स्थगित गर्नुभयो ।

पुस १२ गते पनि प्रधानमन्त्री अ‍ोलीले आफ्नो धारणा राख्ने क्रममा प्रतिवेदनलाई जस्ताको त्यस्तै पास गर्न रुलिगं गर्नुभएको थियो तर कसैले पनि कुरा मान्नु भएन । परिमार्जनसहित पारित हुनुपर्ने माग गर्नुभयो । त्यसपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सबैकुरालाई समेटेर पार्टीको सचिवालयले प्रतिवेदनलाई परिमार्जन गर्ने र अर्को बैठकमा पुनः पेस गर्ने भनेपछि मात्र स्थायी समितिका सदस्यहरु प्रतिवेदनलाई पारित गर्न तयार हुनुभएको थियो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..